ताजा समाचार

नयाँ वर्ष मनाउन गएकी युवतीमाथि सीता एयरका स्टेशन म्यानेजरद्धारा होटलमै बलात्कृत

नेपालगञ्ज, १७ पुस । नयाँ वर्ष मनाउन साथीसँग होटलमा पुगेकी एक युवती बलात्कृत भएकी छन् । आइतबार न्यू इयर इभ मनाउन नेपालगञ्जको सुर्खेतरोडस्थित होटल सिग्नेटमा पुगेकी एक युवति बलात्कृत भएकी हुन् । बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सीता एयर नेपालगञ्जका स्टेशन म्यानेजर मनोज गिरी भारती, सुर्खेतका ४३ वर्षीय निरज गुरुङ र होटलका सिफ्ट म्यानेजर कपिल रञ्जु रहेका छन् ।

गिरी भारतीले सुर्खेतका ४३ वर्षीय निरज गुरुङका साथै केही महिला साथीहरुलाई होटलमै बोलाएका थिए । मनोज ३२१ कोठामा बसेका थिए भने गुरुङ ३०५ मा बसेको होटल प्रशासनले जनाएको छ । मदिरा सेवन गरेका गुरुङले मध्यरातमा कोठा नम्बर ३०५ मा बसेकी युवतीलाई बलात्कार गरेका हुन् । पीडित युवती मनोजले नै बोलाएर गएकी थिइन् ।

मनोज आफ्नो कोठामा प्रवेश गरेर मादिराको बोतल देखाएर धम्क्याएको र बलात्कार गरेको पीडितको बयान छ । उनले बाथरुममा लुकेर प्रहरीलाई फोन गरेको र उनको उद्दार गरेको बाँकेका निमित्ति प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र अर्यालले जानकारी दिए । पीडित युवती र गुरुङको मेडिकल जाँच गराइएको र रिपोर्ट आउन बाँकी रहेको अर्यालले जानकारी दिए ।

 

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org