ताजा समाचार

विराटनगरलाई प्रदेश राजधानी बनाउन सकारात्मक छुः प्रधानमन्त्री देउवा

विराटनगर, १७ पुस । धनकुटाले प्रदेश १ को राजधानी माग्दै सिंहदरवार घेराउ गर्‍यो । इटहरीमा दिनँहु आन्दोलनका कार्यक्रम भईरहेका छन् । सुन्दरहरैंचामा पनि र्‍याली, आमसभा भईरहेका छन् । विराटनगर पनि जुरुक्क उठेको राजधानीको दावी गर्दै । झापाको आफ्नै दावी छ ।

यसै मेसोमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार स्पष्ट शब्दमा भनेका छन्, ‘म विराटनगरलाई राजधानी बनाउनुपर्छ भन्ने पक्षमा छुँ, ढुक्क हुनुहोस् ।’ देउवाकै शब्दमा ‘विराटनगरको हक किन पनि लाग्छ भने यो सहरमा सबै पूर्वाधार छन्, इतिहास छ, विपि कोईराला, मनमोहन अधिकारीको गृहनगर हो, प्रजातान्त्रिक आन्दोलनको सुरुवात विराटनगरबाटै भयो, नेपालको पहिलो उद्योग विराटनगरमै खुल्यो, सोमबार मन्त्रीपरिषद् बैठक भएन् बिहिबार होला वा अन्य कुनै दिन होला तर राजधानी विराटनगरनै हुन्छ ।’

व्यापक चाँसोका यो विषयलाई विराटनगरले उठान ग¥यो । उद्योगी महेश जाजु, कांग्रेस नेताहरु अमृत अर्याल, गुरुराज घिमिरे, नागेश कोइराला, डा.डीला संग्रौला, शिवनारायण सिंह, गोपाल थापा लगायतका व्यक्तिहरुले सोमबार बालुवाटर गएर प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका छन् ।

भेटका क्रममा देउवाले आफु विराटनगरको पक्षमा रहेको बताएका हुन् । भेटका क्रममा देउवाले सुरुमै भने, ‘फेरी राजधानीको कुरा लिएर आउनुभयो ?’ देउवालाई उदृत गर्दै उद्योगी महेश जाजुले भने, ‘देउवा विराटनगरकै पक्षमा हुनुहुन्छ, विराटनगरबारे सकारात्मक छु भनेर हामीलाई भन्नुभयो ।’

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org