ताजा समाचार

दुर्घटनामा परी अकला मन्दिर जान लागेकी आमाको मृत्यु, छोरीसहित ३ घाइते

दमौली, १७ पुस । तनहुँमा बस कार एक आपसमा ठोक्किँदा एक महिलाको ज्यान गएको छ । ज्यान गुमाउनेमा व्यास–१३, बेनीकोटका २९ वर्षीय हरिमाया आले रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दमौलीको मुख्य चोकमा यात्रुबाहक बस र नीजि कार एक आपसमा ठोक्किँदा गम्भिर घाइते आलेको पोखराको मेट्रोसिटी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

दुर्घटनामा परी उनकी ९ वर्षीय छोरी गुँरास आले घाइते भएकी छिन् । अकला मन्दिरमा दर्शन गर्नका लागि बसको पखाईमा बसिरहेका आमाछोरी बस र कार एकआपसमा ठोक्किँदा दुर्घनामा परेको प्रत्यक्षदर्शीको भनाई छ । घाइते छोरी गुँरासको पोखराको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ ।

पोखराबाट सुनौली जाँदै गरेको ना ६ ख ७२११ नम्बरको यात्रुबाहक बस र डुम्रेबाट पोखरा आउँदै गरेको बा ९ च ४४४३ नम्बरको नीजि कार दमौलीको मुख्य चोकमा एक आपसमा ठोक्किँदा ट्यक्सी चालक काठमाडौंका सुजन श्रेष्ठ र धादिङ घर भएका ३३ वर्षीय श्यामप्रसाद रेग्मी सामन्य घाइते भएको भएका छन् ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org