ताजा समाचार

माओवादी फकाउँदै कांग्रेस–राजपा, प्रचण्डलाई प्रधानमन्त्री बनाउने देखि द्धन्द्धकालिन मुद्धा ब्युताउने धम्की

काठमाडौं, १८ पुस । एमाले–माओवादी केन्द्र पार्टी एकताका लागि अघि बढिरहँदा यसलाई हुन नदिन पनि उत्तिकै बढेको छ । कांग्रेस–राजपालगायत लोकतान्त्रिक गठबन्धन आबद्ध दलहरु एमाले–माओवादी एकता टुटाइछाड्ने रणनीतिमा लागेको अन्नपूर्ण पोस्ट दैनिकले लेखेको छ ।

कांग्रेस–राजपालगायत दलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई वाम गठबन्धनबाट अलग गराउन फकाउन थालेका छन् । एमाले–माओवादीबीच पार्टी एकता हुन नदिने उद्देश्यका साथ उनीहरुले दाहाललाई फकाउने रणनीति अख्तियार गरेका हुन् । निर्वाचन परिणामपछि खुम्चिएको कांग्रेसले एमाले–माओवादी गठबन्धन तोड्न राजनीतिक अभियान नै चलाएको छ ।’

दाहाललाई फकाउन उसले ‘प्रलोभन’ देखाउनेदेखि घुमाउरो शैलीमा सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) को मुद्दा देखाएर खबरदारीसमेत गर्न थालेको छ । प्रचण्डलाई कांग्रेसले आगामी पाँच वर्षका लागि प्रधानमन्त्री बन्न ‘अफर’ मात्रै गरेको छैन, द्वन्द्वकालको मुद्दा कांग्रेस–माओवादीले मात्रै टीआरसीमार्फत टुंगो लगाउन सक्नेसम्मको प्रस्ताव पठाएको छ ।

प्रचण्डले वाम गठबन्धनमै रुचि देखाएमा टीआरसीको मुद्दामा माओवादी नेताहरू अन्तर्राष्ट्रिय अदालतमा तानिने घुमाउरो भाषामा कांग्रेस नेताहरूले प्रेसर दिएको स्रोतले बतायो । ‘प्रचण्ड के गर्दा फकिन्छन्, त्यही अस्त्रको प्रयोग अहिले कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले गर्न खोजेको छ’, स्रोतले भन्यो । तर जतिसुकै कोसिस गरे पनि त्यस्तो योजना सफल हुने सम्भावना भने कमै रहेको बताइन्छ ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org