ताजा समाचार

यी हुन् होटलमा सेक्स गर्दै गर्दा रंगेहात पक्राउ परेका ६ महिला र ११ पुरुष पक्राउ

महोत्तरी, १८ पुस । प्रहरीले एक होटलबाट आपत्तिजनक अवस्थामा रहेका १७ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले सदरमुकाम जलेश्वरस्थित एक होटेलमा मध्यरात छापा मारी संचालकसहित ६ जना महिला र ११ पुरुषलाई नियन्त्रणमा लिएको हो । सदरमुकाम जलेश्वरस्थित होटल स्माइल एन्ड रेष्टुरेन्टमा गोप्य सुचनाको आधारमा प्रहरीले सोमबार राति साढे १० बजे छापा मारेको हो ।

होटेलमा आपत्तिजनक कार्य हुँदै गरेको गोप्य सुचनाको आधारमा रेड हानिएको र उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका निमित प्रमुख तथा प्रहरी नायव उपरिक्षक बालकृष्ण पोखरेलले जानकारी दिए ।

उनले पक्राउ परेका अधिकांश पुरुष भारतीय नागरिक भएको बताए । भारतीय नागरिकहरू नयाँ वर्ष मनाउन नेपाल भित्रिएको र तीमध्ये केही अनैतिक क्रियाकलापमा संलग्न भएको सूचना पाएपछि छापा हानिएको प्रहरीको भनाइ छ ।

छापा हान्न प्रहरी पुग्दा होटलको मुख्यगेट बन्द थियो । प्रहरीले खोल्न आग्रह गरे पनि लामो समयसम्म खोलिएको थिएन । प्रहरीले धेरैबेरको अथक प्रयासपछि गेट खोलेको थियो ।

होटलको कोठामा छापा मार्दा त्यहाँको अवस्था आपत्तिजनक पाइएपछि तत्काल समातेर आवश्यक जाचबुझ तथा अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org