ताजा समाचार

क्षतिपूर्तीको माग गर्दै सडक अवरुद्ध पारेका स्थानीय र प्रहरीबीच झडप, ६ सेल अश्रुग्यास प्रहार

धुलिखेल, १८ पुस । काभ्रेमा प्रहरी र स्थानीयबीच झडप भएको छ । वीपी राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल नगरपालिका पात्लेखेतमा स्थानीयबासीले अवरुद्ध पारेको सडक प्रहरीले खुलाउन बल प्रयोग गर्दा झडप भएको हो । सडक खुलाउन प्रहरीले ६ सेल अश्रुग्यास प्रहार गरेको थियो ।

बा ३ ख ५९५५ नम्बरको बसबाट खसेर नमोबुद्ध नगरपालिका १ की फुलमाया तामाङको आइतबार ज्यान गएपछि उनका आफन्त र स्थानीयबासीले मंगलबार विहानदेखि सडक अवरुद्ध पारेका थिए । सडक खुलाउने क्रममा प्रहरी र स्थानीयबीच केहि समय झडपसमेत भएको थियो ।

स्थिति नियन्त्रणमा लिन ६ सेल अश्रुग्यास प्रयोग गर्नु परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख सहकुलबहादुर थापाले जानकारी दिए । अहिले सडक सुचारु भईसकेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org