ताजा समाचार

बाँदर भनेर मान्छेलाई गोली प्रहार गर्दा एक जनाको मृत्यु

पाल्पा, १८ पुस । पाल्पामा बाँदरलाई भनेर हानेको गोली मान्छेलाई लाग्दा एक जनाको ज्यान गएको छ । तिनाउ गाउँपालिका ६ मस्यामको जंगलमा शिकारीले बाँदरलाई ताकेर गोली हानेको थियो । तर उक्त गोली मान्छेलाई लागेपछि स्थानीय ६२ वर्षीय धन बहादुर थापाको ज्यान गएको हो ।

स्थानीय बल बहादुर लम्तरीले सोमबार साँझा बाँदर ठानेर हानेको भरुवा बन्दुकको गोली थापालाई लागेको थियो । गोली लागेका थापाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । गोली प्रहार गर्ने लम्तरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले बाँदर ठानेर थापालाई गोली प्रहार गरेको प्रहरीलाई बयान दिएका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org