ताजा समाचार

सीमामा भारतीय ज्यादतीः एक नेपालीमाथि मरणासन्न हुनेगरी कुटपिट

कञ्चनपुर, १८ पुस । सीमा क्षेत्रमा भारतीयको ज्यादती दिन प्रतिदिन बढ्दै गएको छ । सीमा क्षेत्रमा बर्षौ देखि चोरी डकैती, लुटपाट सहन बाध्य दोधरा चाँदनीबासी अब भारतीयको कुटपिट पनि सहन बाध्य भएका छन् । भारतीय नागरिकको कुटपिटबाट महाकाली नगरपालिका वडा नम्बर ३ खत्री टोलका छबिलाल बुढा गम्भीर घाइते भएका छन् ।

नयाँ वर्ष मनाउने भन्दै उनलाई भारतीय साथी श्रवण रानाले भोज खुवाउन बोलाएका थिए । उत्तराखण्ड, उधम सिंह नगर, नगरा ग्राम पञ्चायतबाट भोज खाएर फर्किने क्रममा उनीमाथि उनकै साथी श्रवण राना लगायतका ३ जनाले मर्णासन्न गरि कुटपिट गरेका हुन् । कुटपिटपछि उनलाई नालामा बेहोस अवस्थामा फेला पारिएको स्थानियले बताएका छन् ।

भारतीयहरुले नेपाली भूमीमै कुटपिट गरेको घाईते छबिलाल बुढाले बताए । भोज खुवाएपछि बाटोमा भारतीयहरुले बुढालाई एकान्तमा लिएर निर्घात कुटपिट गरि महाकाली नगरपालिकाको एक नालामा बेहोस बनाएर फालेको माहाकाली नगरपालिका वडा नम्बर ३ का वडा सदस्य पप्पु थापाले जानकारी दिए ।

कुटपिटको कारण बुढाको कान तथा टाउकोमा गहिरो चोट लागेको छ । ‘नयाँ वर्षका भोज खुवाउन बोलाए, बाटोमा कुटे’ घाईते छबिलाल बुढाले भने । बुढालाई तिन जना भारतीयहरुले लछारपछार गर्दै कुटेको बताईए । ‘अचानक कुटपिट गर्न थालेपछि ज्यान जोगाउनै धौं धौं पर्‍यो’ बुढाले भने । सिमा क्षेत्रमा एसएसबी तथा भारतीय नागरिक महाकाली नगरपालिकाका स्थानीयहरु बिगत लामो समय देखि ज्यादती खेप्दै आएका छन् ।

तस्बिरः पप्पु कालापानीको फेसबुकबाट

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org