अब नयाँ बसपार्कमा यात्रुको निःशुल्क स्वास्थ्य परीक्षण गरिने
काठमाडौं, १९ पुस । अबदेखि नयाँ बसपार्कमा लामो दूरीका यात्रुको निशुःल्क स्वास्थ्य परिक्षण हुने भएको छ । नयाँ बसपार्क निर्माण, व्यवस्थापन र सञ्चालनको जिम्मा लिएको लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्कमा स्वास्थ्य परामर्श स्वास्थ्य केन्द्र (क्लिनिक) को स्थापना गरेको हो ।
बुधबारबाट सञ्चालनमा आएको छ । क्लिनिकको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । यो सेवा केन्द्रमा विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म ग्रान्डी इन्टरनेशनल हस्पिटलबाट खटिएका स्वास्थ्यकर्मीले सेवा दिनेछन् ।
यो सेवा केन्द्रमा प्रेसर तथा सुगर चेकजाँच पनि गर्न सकिनेछ । सामान्य खालका चोटपटकको प्राथमिक उपचार सेवा पनि केन्द्रबाट दिइनेछ । सामान्य ज्वरो, रुघाखोकीको औषधी पनि यात्रुले लिन पाउनेछन् ।
केन्द्रबाट सामान्य स्वास्थ्य समस्याका औषधी पनि निःशुल्क दिने व्यवस्था गरिएको लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष दीपक कुँवरले जानकारी दिए । केन्द्रमा आउने बिरामीलाई ग्लुकोज, पेन किलर लगायतका औषधी पनि निःशुल्क दिइनेछ । आकस्मिक रुपमा बिरामीलाई अस्पतालसम्म पुर्याउन एम्बुलेन्स पनि राखिएको जनाइएको छ ।
Comments
अरु समाचार
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...