ताजा समाचार

अब नयाँ बसपार्कमा यात्रुको निःशुल्क स्वास्थ्य परीक्षण गरिने

काठमाडौं, १९ पुस । अबदेखि नयाँ बसपार्कमा लामो दूरीका यात्रुको निशुःल्क स्वास्थ्य परिक्षण हुने भएको छ । नयाँ बसपार्क निर्माण, व्यवस्थापन र सञ्चालनको जिम्मा लिएको लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्कमा स्वास्थ्य परामर्श स्वास्थ्य केन्द्र (क्लिनिक) को स्थापना गरेको हो ।

बुधबारबाट सञ्चालनमा आएको छ । क्लिनिकको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । यो सेवा केन्द्रमा विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म ग्रान्डी इन्टरनेशनल हस्पिटलबाट खटिएका स्वास्थ्यकर्मीले सेवा दिनेछन् ।

यो सेवा केन्द्रमा प्रेसर तथा सुगर चेकजाँच पनि गर्न सकिनेछ । सामान्य खालका चोटपटकको प्राथमिक उपचार सेवा पनि केन्द्रबाट दिइनेछ । सामान्य ज्वरो, रुघाखोकीको औषधी पनि यात्रुले लिन पाउनेछन् ।

केन्द्रबाट सामान्य स्वास्थ्य समस्याका औषधी पनि निःशुल्क दिने व्यवस्था गरिएको लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष दीपक कुँवरले जानकारी दिए । केन्द्रमा आउने बिरामीलाई ग्लुकोज, पेन किलर लगायतका औषधी पनि निःशुल्क दिइनेछ । आकस्मिक रुपमा बिरामीलाई अस्पतालसम्म पुर्‍याउन एम्बुलेन्स पनि राखिएको जनाइएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org