ताजा समाचार

दुर्लभ पंक्षी हुचिलसहित ३ जना पक्राउ

काठमाण्डौ, २४ पुस । दुर्लभ पंक्षी हुचिलसहित ३ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका ६ बौद्धबाट प्रहरीले दुर्लभ पंक्षी हुचिलसहित ३ जनालाई पक्राउ गरेको हो ।

हुचिल विक्री वितरण गर्न लागेको सुचनाको आधारमा महानगरीय प्रहरी कार्यालय र महनगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले दोलखा, तामाकोशी गाँउपालिका ७ घर भई ललितपुर बस्ने २४ बर्षीय जेवी राई, भक्तपुर, बालकोट बस्ने २४ बर्षीय कमल भण्डारी र ईलाम घर भई ललितपुर बालकुमारी बस्ने ३१ बर्षीय पुर्ण बहादुर लिम्बुलाई एउटा हुचिल सहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका तिनै जनालाई कारवाहीको लागी हुचिलसहित जिल्ला वन कार्यालय काठमाडौंमा पठाईएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org