ताजा समाचार

जति गरेपनि नसुध्रिएपछि खुल्ला ठाउँमा शौच गर्नेलाई १५ किलोको माला !

सप्तरी, २४ पुस । यतिबेला जताततै खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिदैंछ । यस अभियानले देशभर तीब्रता पाईरहेको छ । यसको राज्यका हेरक संयन्त्र परिचालन गरिएका छन् । करोडौंको बजेटहरु विनियोजित भईरहेको छ । जनचेतनाका विभिन्न कार्यक्रमहरु भईरहेका छन् । घर घरमा शौचालयन नबनाउनेलाई सरकारी सेवा सुविधाबाट समेत बञ्चित गरिदैं आएको छ ।

त्यति गर्दा पनि खुल्ला ठाउँमा शौच गर्नेको संख्या भने प्रशस्तै छन् । जति गरे जे गरेपनि केही नभएपछि खुल्ला ठाउँमा शौच गर्नेलाई नै माला लगाईएको छ । राजविराज नगरपालिकाले सार्वजनिक ठाउँमा शौच गर्नेलाई फूलमाला र अबीरले स्वागत गर्ने अभियान प्रारम्भ गरेको छ ।

पटकपटक अभियान चलाउँदा पनि मुख्य चोकहरुमै खुल्ला शौच गर्नेहरुको संख्या नघटेपनि सप्तरी युथ नेपालले सप्तरी सामुदायिक विकास केन्द्रको सहकार्यमा यो अभियान प्रारम्भ गरेको हो । खुल्ला ठाउँमा शौच गरेको भेटिए युवाहरुको समूहले १५ किलोको फूलको माला र अबिर लगाइदिने गरेका छन् ।

यसबाहेक एक वटा चकलेट समेत दिने गरिएको छ । खुल्ला ठाउँमा शौच गरेको देखे लगत्तै युवाहरुले फूलको माला लगाएर लाज लगाउन र सार्वजनिक ठाउँमा पिसाव नफेर्न आग्रह गर्दै यो अभियान प्रारम्भ गरिएको हो ।

सोमबार बिहानदेखि प्रारम्भ गरिएको अभियान अन्तर्गत दुई दर्जनभन्दा बढी व्यक्तिलाई माला लगाइएको सप्तरी युथका मोहन यादवले जानकारी दिए । यस्तो अभियान प्रारम्भ गरेपछि खुल्ला ठाउँमा शौच गर्नेलाई लज्जाबोध हुने गरेको छ । माला लगाउन पाएकाहरुले आगामी दिनमा कहिल्यै पनि खुल्ला ठाउँमा पिसाव नफेर्ने प्रतिबद्वता व्यक्त गरेको यादवले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org