ताजा समाचार

बैंकक प्रस्थान गर्दै ओलीले भने, ‘एकता हुन नदिनेहरुको ज्यानले अब घाम ताप्नेवाला छ’

काठमाडौं, २६ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक प्रस्थान गरेका छन् । बैंकक उड्नु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले भने, स्वास्थ्यमा कुनै समस्या छैन । तर, किड्नी ट्रान्सप्लान्ट गरेका मान्छे भएकाले चिकित्सकहरुको सल्लाह अनुसार जान लागेको हुँ ।’

केहीले एमाले र माओवादीको पार्टी एकता भाड्ने प्रयास गरेको भन्दै ओलीले त्यो असफल हुने बताए । उनले भने, ‘म फर्किएर आएपछि पार्टी एकताका आवश्यक काम अघि बढ्छ ।’ प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष दिन तयार हो ? भन्ने पत्रकारको जिज्ञासामा उनले भने, “१५ दिनमा नै पार्टी एकता हुँदैछ । को हुन्छ भन्ने त्यसबेला नै थाहा पाउनुहुनेछ ।”

उनले संविधानअनुसार संवैधानिक निकायै नै नचलेको बताए । उनले जनमतको अवमूल्यन भइरहेको बताए । उनले एमाले र माओवादीबीच एकता हुन नदिने षडयन्त्र भइरहेको बताउँदै भने, “कानुन के हो भन्नेबारे गोविन्द केसीसँग सोध्नुस् । पार्टी एकताबारे खुराफातिमा पीएडी गरेकाको ज्यानले अब घाम ताप्नेवाला छ ।”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org