ताजा समाचार

बञ्चरो प्रहार गरी आफ्नै सौताको हत्या गर्दै कान्छी श्रीमती फरार

सल्यान, २६ पुस । सल्यानमा एक महिलाले आफ्नै सौताको हत्या गरेकी छन् । दार्मा गाउँपालिका –३, फारुलाचौरकी २६ वर्षीया कल्पना चन्दले आफ्नै सौता ३२ वर्षीया रुपा खत्रीको हत्या गरेकी हुन् । कल्पनाले सौता खत्रीमाथि बन्चरो प्रहार गरी हत्या गरेकी हुन् ।

बुधबार बिहान भएको सामान्य झगडाको विषयलाई लिएर जेठी सौताको हत्या गरेकी हुन ।  हत्या गर्ने कल्पना चन्द अहिले फरार रहेको प्रहरीले जनाएको छ । मंगलबार राति १० बजे भएको झगडापछि बिहान १ बजेतिर कल्पना चन्दले बन्चरो प्रहार गरेको प्रहरीले जनाएको छ ।

चन्दको खोजी भैरहेको र थप अनुसन्धान भैरहेकोे प्रहरी नायव उपरीक्षक भरतबहादुर विकले जानकारी दिए । मृतक खत्रीका ३ छोरी र १ छोरा छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org