ताजा समाचार

अवहेलना आरोपमा पक्राउ परेका डा. गोविन्द केसी साधारण तारेखमा रिहा (अदालतको निर्णयसहित)

काठमाडौं, २६ पुस । सर्वोच्च अदालतले डा. गोविन्द केसीलाई साधारण तारेखमा रिहा गरेको छ । अदालतको मानहानी मुद्दामा पक्राउ परेका डा. केसीलाई सर्वोच्च अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । साथै डा. केसीले लगाएका आरोपबारे अध्ययन गर्न प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र पनि मगाउन आदेश दिएको छ ।

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले डा. केसीलाई तारेखमा राखी अधिवक्ता सुरेन्द्र भण्डारीको जिम्मामा छाड्न आदेश दिएको हो । अदालतको अवहेलनाको मुद्दा गरेपछि सर्वोच्चको आदेशमा डा. केसीलाई सोमबार साँझ अनसनस्थलबाटै पक्राउ गरेका थिए । उनलाई मंगलबार सर्वोच्चमा उपस्थित गराएर बयान लिइएको थियो भने आज बुधबार बहस भएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org