चिसोबाट जोगाऊ
हिजोआज देशभर चिसो बढेको छ । कतै शून्य डिग्री र कतै यो भन्दा माथि पुगेको छ । काठमाडौं उपत्यकामा समेत तुसारो परेको देखिन्छ । चिसोकै कारण मानिसहरूको मृत्यु भएको छ । त्यसै अस्पतालहरूमा चिसोबाट प्रभावित भएका मानिसहरू बढेका छन् । जसमा महिला, जेष्ठ नागरिक, बालबालिका, सुत्केरी, गर्भवती आदि छन् । जाडो गर्मी हुने प्रकृतिको नियम नै हो । त्यसो त जलवायु परिवर्तनका कारण वातावरणमा प्रत्यक्ष असर पारेको छ । गर्मी महिनामा अति नै गर्मी हुने र जाडो महिनामा अति नै जाडो हुने गरेको महसुस हुन्छ । चिसोबाट जोगिन भने सरकारले जनताका लागि उचित कदम चालेको पाईंदैन । दाउरा, न्याना लुगाको बन्दोवस्त गरिदिए केही हदसम्म गरिब निमुखा जनतालाई आङ ढाक्न पाउँथे । त्यस्तै कतिपय भूकम्प पीडितको घर पनि बनिसकेको छैन् । जाडो मौसमा उनीहरूलाई निकै सकस बनेको देखिन्छ । भूकम्प पीडितले पनि अन्य काम छाडेर पहिला घर निर्माण गर्न लागे राम्रो हुने थियो । सरकारी निकायले भूकम्प पछि कति मानिसका घर बने बनेनन् भने अनुगमन गरिदिए र पीडितलाई छिटो घर बनाउन ताकेता गर्नुपनेर्ने आवश्यकता देखिन्छ । जाडो बढेको बढै छ । जाडोबाट जोगिन निम्म कुराहरूमा ध्यान दिए केही हदसम्म राम्रै होला :
- न्यानो कपडा टोपी, मखलर, मोजा र पञ्जा लगाउन बिर्सीनुहुदैंन । बिशेषगरी बाहिर निस्किँदा चिसोबाट सचेत रहनुपर्छ ।
- बिहान बेलुकी अलिक बढि जाडो हुने भएकाले घरभित्रै बस्नुपर्छ ।
- चिसोमा सरुवा रोगबाट बच्न सरसफाइमा ध्यान दिनुपर्ने हुन्छ । तातो पानीभन्दा मनतातो पानीले नुहाउनु राम्रो हुन्छ । यस्तै चिसोमा ओठ फुट्ने समस्याबाट बच्न लिपगार्ड लगाउनुपर्छ ।
- शरीर ढाक्ने तातो प्रकृतिका कपडाहरू लगाउनुपर्छ । साथै छालाको सुरक्षामा ध्यान दिन आबश्यक छ । चिसोले छालाको ओसलाई सोसेर सुख्खा बनाइदिन्छ ।
- स्वस्थ खानपानमा ध्यान दिन आवश्यक छ । फलफूल तथा तरकारी, भिटामिन सी र जिंकजस्ता तत्व भएको खानेकुरा पर्याप्त मात्रामा खाएमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।
- कम्तीमा ६ घण्टा सुत्नुपर्छ । नत्रभने शरीरले रोगले सजिलै आक्रमण गर्ने सम्भावना हुन्छ ।
- जाडो मौसममा तनावका कारण रुघाखोकी जस्ता रोग लाग्ने सम्भावना बढ्ने अनुसन्धानहरूमा देखिएको छ । त्यसैले मानसिक स्वास्थ्यको ख्याल गर्नका लागी योगाभ्यास, शारीरिक कसरत, ध्यानजस्ता कुराहरूले तनावमुक्त हुन सहयोग पु¥याउन सक्छ ।
- जाडोमा सबैभन्दा बढी छातीसम्बन्धी समस्या देखापर्छ हुँदा यस्तो बेलामा रुघाखोकीले ज्यादा सताउने गर्छ । हाच्छिउँ गर्दा नाकमुख छोपेको हात धुने, छुट्टै खालका रुमालहरू प्रयोग गर्नुपर्छ । संक्रमण भएको छ भने मास्क लगाएर हिड्नु राम्रो मानिन्छ ।
- जाडोको समयमा युवा वर्गले ज्यादा स्मोकिङ गर्ने, मद्यपान गर्ने प्रचलन छ । यी पक्षले कुनैपनि हालतमा शरिरलाई फाइदा नहुने भएकाले युवा वर्गले यस्ता कुलत तत्काल छोड्नु राम्रो हुन्छ । स्मोकिङले फोक्सो विगार्ने र मदिराले कलेजो लगायतका अंगलाई विगार्ने काम गर्नुहुँदैन ।
Comments
अरु समाचार
-
कम्युनिष्ट नैतिकता र व्यवहारका पर्याय नेता खड्ग राई
खडगबहादुर राई नेपाली राजनितिमा एक उदयमान नेतृत्व हुनुहुन्छ । विद्यार्थी कालदेखि आफ्नो उर्वर समय नेकपा एमालेका लागि खर्चिनु भएका उहाँ...
-
रूसी दार्शनिक अलेक्जेन्डर दुगिनको सभ्यतागत दृष्टिकोण
रुस सुरूदेखि पश्चिमसँग सभ्यताको युद्धमा छ। जुन युद्धलाई प्रभावकारीरूपमा सामना गर्नका लागि यी योजनाहरूको पदानुक्रमलाई ध्यानमा राख्न आवश्यक छ ।...
-
सकिएकै हो त इतिहास अध्ययनको औचित्य ?
काठमाडौं । असाध्यै उपेक्षित विषय हुन पुगेको छ, यतिखेर इतिहास विषय । हुन त त्रिभुवन विश्वविद्यालयकै मानविकी तथा सामाजिकशास्त्र सङ्कायको...
-
नेपालमा जनसङ्ख्या – ‘पोलिसी डिपार्चर’ को उपयुक्त समय (विचार)
काठमाडौं । एसियाका अन्य देशमा जस्तै नेपालमा पनि जनसङ्ख्या वृद्धि मुख्य समस्याका रुपमा रहेको लामो समय प्रचार गरियो । देशको...
-
ज्येष्ठ नागरिक समाजका जीवित पाठशाला हुन् : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जीवनभरको सङ्घर्ष र भोगाइबाट आर्जित ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक जीवित पाठशाला रहेको...
-
नेपाल र रसिया बीचको सहकार्य ‘विकास र समृद्धिको आधार’
नेपाल दुई ठूला उदयीमान विश्वशक्ति चीन र भारतका बीचमा रहेको भू-रणनीतिक हिसाबले अति संवेदनशील देश हो। भारत र चीन बीचको...
-
साहसिक पर्यटन ‘ट्रेकिङ’: बढ्दो आकर्षण, केही चुनौती
काठमाडौँ । विश्वमै ट्रेकिङ (पदयात्रा) का लागि आकर्षक गन्तव्यमा पर्ने नेपालमा पछिल्लो समय सम्भावना धेरै देखिएको छ । यतिखेर ट्रेकिङमा...
-
१६ औँ योजनाः लक्ष्यमै केन्द्रित दिगो विकास
काठमाडौं । मन्त्रिपरिषदको बैठकले १६ औँ पञ्चवर्षिय आवधिक योजनाको अवधारणापत्र स्वीकृत गरेको छ । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले पहिचान...
-
नेपाल विश्वकै ठूलो सुरक्षाप्रदायक राष्ट्र: सुरक्षाविद् थापा
काठमाडौं । सुरक्षाविद् चिरनजङ्ग थापाले नेपाल विश्वकै एक ठूलो सुरक्षा प्रदायक देश रहेको बताएका छन् । उनले विश्वका ठूला आणविक...