ताजा समाचार

के प्रचण्डले साच्चै झुट बोलेकै हुन् ? कांग्रेस प्रवक्ता विश्वप्रकाशले खोले यस्तो राज

काठमाडौं, ३० पुस । सत्तारुढ नेपाली कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बन्न प्रस्ताव नगरेको स्पष्ट पारेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो पार्टीले अधिकारिक रुपमा कसैलाई पनि प्रधानमन्त्रीमा प्रस्ताव नगरेको बताएका हुन् ।

चुनाव लगतै भएको भेटमा आफूलाई प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले ५ वर्ष प्रधानमन्त्री बन्न प्रस्ताव गरेको माओवादी अध्यक्ष प्रचण्डको दाबी छ । लामो समयसम्म उनको यो दाबीको कांग्रेसले खण्डन गरेको थिएन । तर, हालै मात्र प्रवक्तामा नियुक्त भएका शर्माले प्रचण्डको दाबी खण्डन गरेका छन् ।

‘जनताको म्याण्डेडलाई स्वीकार गरेर सरकार पनि चलाएको छ, प्रतिपक्षमा पनि बसेको छ’ उनले भने, ‘त्यसैले कांग्रेसको तर्फबाट कसैले कहि कुनै रुपमा अहिलेको गठबन्धन भत्काइनेछ, प्रधानमन्त्री प्रस्ताव गर्‍यो भनेको मैले पनि मिडियाबाट सुनेको छु । आधिकारिक रुपमा थाहा छैन ।’

साथै वाम गठबन्धन फुटाउन आफ्नो पार्टी लागि परेको भनेर आरोप नलगाउन पनि आग्रह गरे । आइतबार राजधानीमा भएको एक कार्यक्रममा उनले भने, ‘हामी शुभकामना दिन्छौं, उहाँहरुवीच एकता होस् ।’

शर्माले निर्वाचनको समिक्षाका लागि केही दिनभित्रै पार्टी केन्द्रिय कार्यसमितिको बैठक बोलाउने जानकारी दिए । त्यो बैठकले महासमिति बैठक बोलाउने र त्यसले पार्टीको समग्र क्षेत्रको पुनर्संरचना गर्ने उनको दाबी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org