प्रधानन्यायाधीश पराजुलीमाथि लागेको ‘चार बिहे’ आरोपले श्रीमती बसन्ता विक्षिप्त
काठमाडौं, १ माघ । यतिबेला डा. गोविन्द केसी र प्रधानन्यायाधीश गोपाल पराजुलीको द्वन्द्व सतहमा आएको छ । गोविन्द केसीले प्रधानन्यायाधीश पराजुलीको नितान्त व्यक्तिगत जीवनका बारेमा प्रश्न उठाएपछि द्वन्द्व सतहमा आएको हो । सामाजिक सञ्जालमा प्रधानन्यायाधीश गोपाल पराजुलीका चारवटी श्रीमतीहरु रहेको चर्चा एकाएक ‘भाइरल’ भईरहेको छ ।
अदालतकै बेन्चमा केसीले पराजुलीको चार वटा विहे गरेको भन्दै प्रश्न उठाएपछि यसले नेपाली राजनीतिक तथा सामाजिक परिवेशन तातेको छ । सामाजिक सञ्जालका भित्ताहरु केसी भर्सेस पराजुलीले नै भरिएका छन् । यस्ता समाचारप्रति प्रधानन्यायाधीश पराजुलीकी पत्नी बसन्ता पराजुली निकै विक्षिप्त बनेकी छन् ।
विगतमा युएनडीपीमा जागिर खाएकी र हाल गृहिणीका रुपमा रहेकी प्रधानन्यायाधीश पराजुली धर्मपत्नी बसन्ताले यस्ता आरोपको प्रतिवाद पनि गर्दै आईरहेकी छन् । तर उनको प्रतिवादले केही हुन सकिरहेको छैन् । उनले आफ्ना पतिमाथि लाखेको आरोप तथा चारित्रिक प्रश्नको जवाफ दिँदै बसन्ताले परिवारको बचाँउ गरेकी छन् ।
प्रधानन्यायाधीश गोपाल पराजुलीको पारिवारिक स्रोतले भन्यो, ‘आफ्नो श्रीमानमाथि चारित्रिक आरोपहरु लागेपछि उनकी पत्नी बसन्ता विक्षिप्तजस्तै बनेकी छिन् । पराजुलीको व्यक्तिगत चरित्रमाथि प्रश्न उठाउनेहरुले उनका श्रीमती र छोराछोरीहरु पनि छन् होला भन्ने विचारै गरेनन् ।’
प्रधानन्यायाधीश पराजुलीकी पत्नी बसन्ताले आफूहरुमाथि नितान्त व्यक्तिगत, चारित्रिक एवं नितान्त पारिवारिक संवेदनशीलतामा आघात पार्ने काम भइरहेको भन्दै गुनासो पोखेकी छिन् । तर, यस्ता आरोपहरुबाट अविचलित भई आफ्नो प्यारो परिवार ईश्वरका कृपाले सम्हालिएको बसन्ताले बताएकी छिन् ।
पराजुलीको व्यक्तिगत जीवन कुनै फिल्मी कथा भन्दा कम छैन्ः
विभिन्न आरोपका सामना गरिरहेका प्रधानन्यायाधीश पराजुलीको व्यक्तिगत एवं पारिवारिक कथाको श्रृंखला वियोगान्त छ । पहिले राजनीति, त्यससँगै कानून व्यवसाय र पछि न्यायाधीश बनेका पराजुलीले यौवनावस्थामा सम्भ्रान्त परिवारकी श्रीमती ल्याएका थिए । यसवीचमा उनी जेलसमेत परे । उमेर छँदै पत्नीले छाडेर गएपछि पराजुलीले दोस्रो विवाह गरे । तर, उनको दोस्रो घरजम पनि टिकेन । उनकी पत्नीलाई ब्लड क्यान्सर भयो र उनी बितिन् ।
पत्नी वियोगबाट विक्षिप्त बनेका पराजुलीले केही हदसम्म भएपनि त्राण पाउनका लागि तेस्रो विवाह गरे । तर, त्यो घरजम पनि एउटा वियोगान्त त्रासदीमा परिणत भयो । पराजुलीकी तेस्री श्रीमतीको दुर्घटनामा परेर निधन भयो । ‘पत्नी वियोगको कुरा गर्दा उहाँ भावुक बन्नुहुन्छ,’ पारिवारिक स्रोत भन्छ, ‘तर, यस्तो पीडादायी व्यक्तिगत भोगाइलाई सामाजिक सञ्जालमा पराजुलीको अपराधका रुपमा चित्रण गर्दा परिवारका अन्य सदस्यहरुको समेत चित्त दुखेको छ, श्रीमती बसन्ता त लगभग विक्षिप्तजस्तै बन्नुभएकोछ ।’
त्यसपछि उनले चौथो श्रीमतीको रुपमा भित्र्याए बसन्तालाईः
प्रधानन्याधीश पराजुलीले तेस्री श्रीमतीलाई पनि गुमाउँदा अत्यन्तै विक्षिप्त बने । केही समयपछि उनले दाङ माइत भएकी बसन्तासँग बिहेबारी गरे । बसन्ता पराजुलीसँग विवाह हुँदा युएनडीपीमा जागिर खाँदै थिइन् ।
प्रधानन्यायाधीश पराजुली हुनेखाने परिवारकै सदस्य हुन् । तनहुँ जिल्लाको काउँ शिवपुर-५ मा ज्योतिष एकदेव पराजुली र नन्दकुमारी पराजुलीको कोखबाट जन्मेका उनले दूर्गा चण्डी कवचबाट शिक्षा लिए । पराजुली ०४८ साल कात्तिक १८ गते न्याय सेवामा प्रंवेश गरेका हुन् ।
तस्बिरः बसन्ता पराजुलीको फेसबुकबाट
Comments
अरु समाचार
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...