ताजा समाचार

सरकारले नियुक्त गरेका प्रदेश प्रमुखमा एमाले असहमत

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवा सरकारले तोकेको प्रदेश प्रमुख र अस्थायी राजधानीमा आफूहरु सहमति नभएको बताएका छन् ।

बैंककबाट बिहीबार स्वदेश फर्किएका ओलीले सरकारलाई प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न सरकारलाई सहमति दिए पनि व्यक्ति र स्थानमा आफुहरुको सहमति नरहेको बताएका हुन् । सरकारले ढिलै भएपनि अस्थायी राजधानी तोकेर अप्ठ्यारो फुकाएको भन्दै प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेशसभालाई भएको बताए ।

नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्डको बैंकक पुगेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज काठमाडौं फर्किएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org