नेपाली कांग्रेसले प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पराजय भोगेकोमा नेताहरूभन्दा कार्यकर्ताहरू चिन्तित
काठमाडौं । नेपाली कांग्रेसले प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पराजय भोगेकोमा नेताहरूभन्दा कार्यकर्ताहरू चिन्तित छन् । कार्यकर्ताहरूले शीर्ष नेताहरूका कारण कांग्रेसले पराजय भोग्नु परेको आरोप लगाउँदै आएका छन् । यस्तो अवस्थामा सभापति शेरबहादुर देउवालाई अप्ठेरो बनाउने गरेर वरिष्ठ नेता रामचन्द्र पौडेलले विभिन्न गतिविधि गरिरहेका छन् । पौडेलले आफू निकटका सबै नेताहरूलाई प्रयोग गरेर देउवाको आलोचना गर्न लगाइ रहेका छन् । पौडेलले पछिल्लो पटक नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीलाई प्रयोग गरेका छन् । शाहीले नौ जना महाधिवेशन प्रतिनिधिहरूलाई जम्मा गरेर संयुक्त विज्ञप्ति जारी गर्नसम्म भ्याएका छन् ।
त्यति मात्रै होइन पौडेलले सभापति देउवालाई पदबाट राजीनामा गराउनका लागि पनि आफू निकटका गुटका नेताहरूलाई उचालिरहेका छन् । पौडेलको गुटमा रहेका युवा नेता प्रदीप पौडेल पनि जानेर होस् वा नजानेर परिचालन भएका छन् । भविष्य भएका युवा नेता पौडेल कांग्रेसका सभापति देउवाविरुद्धको भइरहेका गतिविधिले धेरै संकट निम्ताउन सक्ने विश्लेषण हुन थालेको छ ।
कांग्रेस कमजोर भएको यस्तो अवस्थामा प्रकाशमान सिंहले पनि गुटको राजनीति सुरु गरेका छन् । सिंहले आफ्नो गुटमा चन्द्र भण्डारीलाई प्रवेश निषेध गरेका छन् । सिंहले रामचन्द्र पौडेललाई सहयोग गरेका छन् । पौडेललाई सहयोग गरे पनि सिंहले आफ्नै छुट्टै गुट चलाएका छन् ।
अर्का युवा नेता गगन थापाले पनि अलग गुट चलाउने प्रयास थालेका छन् । तर, गगनलाई कसैले विश्वास गरेका छैनन् । थापा समूहको काम भनेको देउवा, पौडेल, कोइराला र सिंह समूहका नेताहरूको विरोध गर्नु रहेको छ । थापाले विश्वप्रकाश शर्मालाई प्रवक्ता नियुक्त गरेको फिटिक्कै रुचाएका छैनन् । थापाले भित्रभित्रै शर्माको विरोध गर्न लगाइ रहेका छन् । कांग्रेसको प्रवक्ता ताकेका थापा देउवाले नपत्याएपछि चिन्तित हुन पुगेका छन् ।
भण्डारीले पनि देउवा क्याम्प छाडेर अलग गुट चलाइ रहेका छन् । तर, भण्डारीलाई कसैले नपत्याएपछि एक्लिएको स्रोतको भनाइ छ । देउवा, पौडेल र सिंह समूहले भण्डारीलाई गुटमा प्रवेश निषेध गरेका छन् । अहिले सडकमा पुगेका भण्डारीले पौडेल समूहबाट अगाडि बढ्ने सोच बनाएको स्रोतको भनाई छ ।
उता, कांग्रेसलाई गुटैगुट बनाएर कमजोर बनाएको चाल पाएपछि महामन्त्री डा.शशांक कोइराला, डा.शेखर कोइराला र सुजाता कोइरालाले अलग बैठक गरेका छन् । उनीहरूले कांग्रेसलाई बचाउन कुनै पनि गुटमा नलागेर कार्यकर्ताका पक्षमा जाने सहमति गरेका छन् । सुजाताको मण्डिखाटारस्थित निवासमा दिउँसोको खानासहित भएको बैठकमा उनीहरूले देउवा र पौडेल समूहको गुटको राजनीतिलाई अन्त्य गर्ने निर्णय गरेका छन् । त्यसका लागि उनीहरूले विशेष भूमिका खेल्ने जनाएका छन् ।
-यूनाइटेड पोस्ट
Comments
अरु समाचार
-
विराटनगरमा अस्पतालबाट खस्दा डाक्टरकाे मृत्यु
काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
अनियमित मौसमको असर : यस वर्ष धान उत्पादन घट्यो
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि...
-
सञ्चय कोषको बाँकी रकम हिसाब मिलान गर्नू : अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी भई बाँकी रहेका रकमको भुक्तानी लिन सम्बन्धित सञ्चयकर्तालाई आग्रह गरेको छ।...
-
आगामी निर्वाचनमा उम्मेदवारले सवारीसाधन प्रयोग गर्ने व्यवस्था कस्तो ?
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति...
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...












