ताजा समाचार

प्रदेश प्रमुखलाई आज राष्ट्रपति भण्डारीले शपथग्रहण गराउने

काठमाडौं । सरकारले दुई दिनअघि नियुक्त गरेको प्रदेश प्रमुखहरुले आज पद तथा गोपनीयताको शपथग्रहण लिने भएका छन् ।

प्रदेश प्रमुखलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराउने संवैधानिक व्यवस्था भए अनुसार उनीहरूलार्इ शपथग्रहण गराउन लागीएकाे हाे ।

बुधबार सरकारले ७ वटै प्रदेशका प्रमुख नियुक्तिका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो । राष्ट्रपतिले भण्डारीले प्रदेश प्रमुखलाई शुक्रबार अपराह्न ४ बजे शपथग्रहण गराउने कार्यक्रम छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले कांग्रेस र मधेसवादी दलको भागवण्डमा प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org