राष्ट्रियसभा निर्वाचनमा राजपा र फोरमसँग कांग्रेसको गठबन्धन
काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा मधेसकेन्द्रित दलको गठबन्धनले कांग्रेससँग चुनावी सहकार्य गर्ने भएको छ।
प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा चुनावी तालमेल गरेका २ मधेसी घटक संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालले राष्ट्रियसभा निर्वाचनमा कांग्रेससँग सहकार्यको तयारी गरेका हुन्।
मधेसकेन्द्रित दलको प्रभाव क्षेत्र रहेको २ नम्बर प्रदेशमा कांग्रेससँग सहकार्य गरे उनीहरुले सहजै ४ सिट जित्नेछन्। यसो गर्दा कांग्रेसले समेत राष्ट्रियसभामा २ नम्बर प्रदेशबाट २ सिट जित्न सक्नेछ।
वाम गठबन्धनले भने २ नम्बर प्रदेशबाट २ सिट जित्ने दाबीसहित सिट बाँडफाँट गरिसकेको छ। सहमति अनुसार वाम गठबन्धनको कार्यदलमा माओवादीले महिला र एमालले खुल्लातर्फ उम्मेदवार उठाउने सहमति भएको हो।
राजपाका महासचिव केशव झाले राष्ट्रियसभा निर्वाचनमा दुई मधेसकेन्द्रित दलले मिलेर उम्मेदवार तय गर्ने बताए। ‘जित्ने ४ सिटमा २/२ जना उम्मेदवार उठाउने तयारी गरेका छौं,’ उनले भने। कांग्रेससँग समेत अनौपचारिक छलफल चलिरहेको बताउँदै उनले मिलेर चुनाव लड्ने सम्भावना रहेको बताए।
राष्ट्रियसभा निर्वाचनको विषयमा तयारी गर्न राजपाले आइतबार राजनीतिक समितिको बैठक बोलाएको छ।
सरकारको नेतृत्व गरिरहेको कांग्रेसले मधेसकेन्द्रित दलसँग सहकार्य गर्न भन्दै प्रदेश प्रमुख नियुक्तिमा २ प्रदेश प्रमुख राजपा र फोरमलाई दिएको छ। सोही अनुसार २ नम्बर प्रदेशमा फोरमबाट रत्नेश्वर लाल कायस्थ र ५ नम्बर प्रदेशमा फोरमबाट उमाकान्त झा नियुक्त भएका छन्।
संघीय समाजवादी फोरमका नेता शिवजी यादवले राष्ट्रियसभा निर्वाचनमा कांग्रेससँग सहकार्य गरेको खण्डमा ८ मध्ये ६ सिट जित्न सकिने दाबी गरे। ‘एकल संक्रमणीय प्रणाली अनुसार मधेसकेन्द्रित दल मिल्दा ४ सिट निश्चित रुपमा आउँछ,’ यादवले भने, ‘कांग्रेसले सहकार्य गरेको खण्डमा थप २ सिट जित्न सकिन्छ।’
यादवका अनुसार जित्न सकिने ४ सिटमध्ये दलित र अल्पसंख्यक वा अपांगको २ सिट जित्न सकिने देखिन्छ। त्यस्तै खुल्ला र महिला गरेर ४ सिट मधेसकेन्द्रित २ दलले प्राप्त गर्नेछन्। ‘कसले के लिने भन्ने विषयमा बाँडफाँट गर्न बाँकी छ,’ उनले भने।
प्रदेशसभाको सपथ र बैठकपछि सिट संख्या र उम्मेदवारको विषयमा टुंगो लगाउने तयारी तीन दलले गरेका छन्। कांग्रेस नेता विमलेन्द्र निधिले २ नम्बर प्रदेशमा मधेसकेन्द्रित दलसँग आन्तरिक छलफल चलिरहेको बताउँदै सहकार्य गरेर अघि बढ्ने उल्लेख गरे।
उनले भने, ‘समय बाँकी नै छ, मिलेर राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारको तय गर्नेछौं।’
Comments
अरु समाचार
-
विराटनगरमा अस्पतालबाट खस्दा डाक्टरकाे मृत्यु
काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
अनियमित मौसमको असर : यस वर्ष धान उत्पादन घट्यो
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि...
-
सञ्चय कोषको बाँकी रकम हिसाब मिलान गर्नू : अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी भई बाँकी रहेका रकमको भुक्तानी लिन सम्बन्धित सञ्चयकर्तालाई आग्रह गरेको छ।...
-
आगामी निर्वाचनमा उम्मेदवारले सवारीसाधन प्रयोग गर्ने व्यवस्था कस्तो ?
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति...
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...












