नेपाल-भारत सीमा विवाद: नयाँ पिलरबारे छानबिन सुरु !
वीरगन्ज । वीरगन्जको छपकैयास्थित नेपाल भारतको सीमामा देखिएको विवादबारे काठमाडौंको उच्चस्तरीय प्राविधिक टोलीले शनिबारदेखि स्थलगत नीरिक्षण सुरु गरेको छ ।
सीमामा हराएका र जीर्ण भएका पिलर मर्मत र निर्माणका क्रममा लालपुर्जा भएकै नम्बरी जग्गा समेत भारततर्फ पर्न गएको भन्दै जग्गा धनीले विरोध गरेपछि नापी विभाग काठमाण्डौको उच्चस्तरीय प्राविधिक टोली वीरगन्ज आएको हो ।
काठमाण्डौंबाट आएको नापी विभागका निर्देशकद्वय अनिल मरासीनी र दामोदर ढकाल नेतृत्वको उच्च स्तरीय टोलीले विवादित छपकैयाको सीमामा शनिबार बिहान पुगेर त्यहाँ गाडिएका नयाँ पिलरहरुको स्थलगत अनुगमन गरेको छ ।
नयाँ पिलर गाडिएपछि भारततर्फ पर्न गएको नेपाली जग्गामा शनिबारदेखि पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंह, सशस्त्र प्रहरी उपरीक्षक शान्तिकुमार कार्कीका साथ निर्देशकद्वय मरासीनी र ढकाल नेतृत्वको टोलीले विवादीत सीमा क्षेत्रमा स्थलगत निरिक्षण शुरु गरेको प्रमुख नापी अधिकृत रमेश ज्ञवालीले बताए ।
काठमाण्डौंबाट आएको टोलीले विवाद देखिएका सीमा क्षेत्र, त्यहाँ गाडिएका नयाँ पिलर, जीर्ण पिलरहरुको सोमबार सम्म स्थलगत नीरिक्षण र नापजाँच गर्ने ज्ञवालीले जानकारी दिए ।
तत्कालका लागि पिलर मर्मत र पुनः निर्माणको काम रोक्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेपछि नापी विभागको टोलीले पुस ३० गतेदेखि पिलर गाड्ने काम रोकेको छ । विवादीत सीमा क्षेत्रको बारेमा टुङगो नलागेसम्म पिलर मर्मत र पुर्न निर्माणको काम अगाडि नबढाउन स्थानीय प्रशासनले आग्रह गरेपछि नापीको टोलीले काम रोकेको प्रमुख जिल्ला अधिकारी सिंहले बताए ।
नापी अधिकृत ज्ञवालीका अनुसार सन् १८१६ देखि १८७५ सम्म दुवै देश बीच भएका चारवटा सन्धि र सम्झौता अनुसार स्ट्रिप म्यापका आधारमा चितवन, पर्सा र बारामा क्षतिग्रस्त पिलरको मर्मत र हराएका स्थानमा नयाँ कुल एक हजार आठ सय ७० मुख्य र सहायक पिलर राख्ने काम भइरहेको छ । पर्सामा मात्रै तीन सय ४० वटा पिलरको मर्मत र तीन सय ६९ वटा नयाँ पिलर निर्माण भइरहेको उनले जानकारी दिए ।
Comments
अरु समाचार
-
एएफसी यु–२० एसियन कप छनोटको तेस्रो खेलमा उज्वेकिस्तानसँग नेपालको लज्जास्पद हार
काठमाडौं । नेपालले एएफसी यु–२० एसियन कप छनोटको तेस्रो खेलमा उज्वेकिस्तानसँग लज्जास्पद हार खेपेको छ । चाइनिज ताइपेईमा जारी छनोटअन्तर्गत...
-
अध्यागमनको छवि सुधार गर्न आवश्यक छ: गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयले आफ्नो छवि सुधार गर्न आवश्यक रहेको बताएका छन् । अध्यागमन कार्यालयका बारेमा नकरात्मक...
-
बङ्गलादेशले लगायो पोलिथिन झोला प्रयोगमा प्रतिबन्ध
काठमाडौं । बङ्गलादेशका सबै सुपरमार्केटमा प्लाष्टिक (पोलिथिन एण्ड पोलिप्रोपाइलिन ब्याग) झोला राख्न प्रतिबन्ध लगाइएको छ । यो निर्णय अक्टोबर १...
-
प्रधानमन्त्रीविरुद्ध सामाजिक सञ्जालमा भइरहेका गतिविधि देशहित विपरीत छन्ः महासचिव पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली विदेशमा रहेका बेला प्रधानमन्त्री विरुद्ध सामाजिक सञ्जालमार्फत...
-
पोखरीमा डुबेर बेपत्ता भएकी बालिकाको शव फेला
काठामाडौं । धनुषाको धनुषा धाममा रहेको पोखरीमा डुबेर बेपत्ता भएकी बालिकाको शव आज बिहान फेला परेको छ । धनुषाधाम नगरपालिका...
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
काठमाडौं । दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहुको...
-
मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन आएकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग अमेरिकाका राजनीतिक मामिलासम्बन्धी कार्यवाहक उपविदेश मन्त्री जोन...
-
बङ्गलादेशले मौद्रिक नीतिमा कडाइ गर्ने
काठमाडौं । बङ्गलादेशको केन्द्रीय बैङ्कले मुद्रास्फीति नियन्त्रण गर्न सरकारलाई सहयोग पु¥याउने उद्देश्यले आगामी महिनाको अन्त्यसम्ममा दुई पटक नीतिगत दरमा वृद्धि...