ताजा समाचार

सरकारले लियो विश्व बैंकसँँग ४५ अर्ब रुपैयाँ ऋण

काठमाडौं । सरकारले विश्व बैंकसँग ४५ अर्ब रुपैयाँ ऋण लिने भएको छ । भूकम्प पीडितको लागि आवास, पशुपालन र व्यfवसायिक शिक्षा तथा तालिम परियोजनाको लागि ऋण लिन लागेको हो ।

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र विश्व बैंकका दक्षिण एसियाली उपाध्यक्ष एन्नेट डिक्सनबीच आइतबार ४४ अर्ब ८२ करोड रुपैयाँको सहुलियत ऋण संझौता भएको छ ।  विश्व बैंकसँगको ऋणबाट भूकम्प पीडितको लागि ९६ हजार घर निर्माण गरिने अर्थ मन्त्रालयले जनाएको छ ।

व्यावसायिक शिक्षा तथा तालीम परियोजना शिक्षा मन्त्रालय अन्तरगत संचालिन गर्ने सरकारको योजना छ । त्यो परियोजनाबाट युवालाई प्राविधिक शिक्षा दिइने भएको छ । पशुपालनको लागि लिइने ऋणबाट देशका २५ जिल्लामा पशुपालन व्यवसायलाई प्रर्वद्धन गर्ने योजना बनाइएकाे छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org