बजेटका कारण कामपाको इन्टरनेट राख्ने कार्यमा अन्यौलमा
काठमाडौं । काठमाडौं महानगरपालिकाले खुल्ला सार्वजनिक स्थानमा इन्टरनेटको व्यवस्था गर्ने काम बजेटका कारण अन्यौल भएको छ ।
पशुपति क्षेत्र, हनुमानढोका, शंखपार्क, बौद्धनाथ लगायत स्थानमा इन्टरनेट राख्ने भनेपनि अर्थ अभावका कारण काम अघि बढ्न नसकेको कामपाको सूचना प्रविधि महाशाखा प्रमुख ध्रुब काफ्लेले जानकारी दिए ।
काफ्लेले भने, ‘एक स्थानमा इन्टरनेट राख्नका लागि ५५ लाख खर्च हुने हुँदा खर्चको स्रोत तत्काल नभएकाले काम अघि बढ्न नसकेको हो ।’ इन्टरनेट राख्नका लागि कामपा आफैँले गर्ने कि निजी कम्पनीलाई दिने भन्नेबारे पनि छलफल भएको छैन, त्यो पनि मुख्य विषय हो, काफ्लेले भने ।
पर्यटकीय दृष्टिकोणले महत्व बोकेका ऐतिहासिक सम्पदा र खुल्ला स्थानमा निःशुल्क इन्टरनेट राख्नसके उक्त स्थान मर्मत सम्भारको कार्य गर्नका लगि अन्यत्रबाट स्रोत खोज्नु नपर्ने र संख्यात्मकरुपमा आन्तरिक र बाह्य पर्यटकको संख्यामा पनि वृद्धि हुने कामपाको भनाइ छ ।
कामपाले २०७२ सालमा अवलोकन गर्न आउने आगन्तुकलाई मध्यनजर गर्दै रत्नपार्कमा निःशुल्क इन्टरनेट राखेको थियो । निःशुल्क इन्टरनेट राखेसँगै रत्नपार्क अवलोकन गर्न आउनेको संख्यामा वृद्धि भएको थियो ।
Comments
अरु समाचार
-
विराटनगरमा अस्पतालबाट खस्दा डाक्टरकाे मृत्यु
काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
अनियमित मौसमको असर : यस वर्ष धान उत्पादन घट्यो
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि...
-
सञ्चय कोषको बाँकी रकम हिसाब मिलान गर्नू : अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी भई बाँकी रहेका रकमको भुक्तानी लिन सम्बन्धित सञ्चयकर्तालाई आग्रह गरेको छ।...
-
आगामी निर्वाचनमा उम्मेदवारले सवारीसाधन प्रयोग गर्ने व्यवस्था कस्तो ?
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति...
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...












