ताजा समाचार

शहीद सप्ताह शुरु, पहिलो दिन शुक्रराजलाई श्रद्धान्जली

काठमाडौं । शहीद सप्ताह आजदेखि शुरू भएको छ । हरेक वर्ष झै शहीद सप्ताहको पहिलो दिन बुधबार टेकु स्थित खरिबोटमा शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको ठाउँमा श्रद्धाञ्जली सभा हुनेछ ।

यसै गरी माघ १३ गते बिहान ८ बजे सिफलस्थित धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थानमा, १५ गते बिहान ८ बजे गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थान शोभा भगवतीमा श्रद्धाञ्जली सभा गरिने छ ।

माघ १६ गते शहीद दिवसका दिन, बिहान साढे आठ बजे रत्नपार्कको शान्तिबाटिकाबाट प्रभातफेरी हुनेछ । प्रधानमन्त्री, मन्त्री, सरकारका उच्च पदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास सहित बिहान नौ बजे प्रभातफेरी शहीद स्मारक लैनचौर पुगेपछि शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ ।

यस बर्षको शहीद सप्ताहलाई व्यवस्थित गर्न काठमाडौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org