ताजा समाचार

प्रदेशमा कहिले बस्छ पहिलो बैठक

काठमाडौं । प्रदेश प्रमुखहरुले ६ वटा प्रदेशको पहिलो बैठकको मिति घोषणा गरेका छन् । देश संघीय संरचनामा गएसँगै सातै वटा प्रदेशको प्रमुखको बैठक आह्वान गरिएको छ, तर प्रदेश नम्बर १ मा भने पहिलो बैठकको मिति घोषणा भएको छैन् ।

प्रदेश २ मा माघ २१ गतेका लागि बैठक बोलाईएको प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले बताए । प्रदेश ३ की प्रदेश प्रमुख अनुराधा कोइरालाले माघ १८ का लागि प्रदेशसभाको पहिलो बैठक आह्वान गरेकी छिन्।

प्रदेश ४ मा माघ २२ गतेका लागि बैठक आह्वान गरिएको प्रमुख बाबुराम कुँवरले जानकारी दिएका छन् । प्रदेश ६ मा पनि माघ २१ गतेका लागि पहिलो बैठकको तयारी थालिएको त्यहाँका प्रमुख दुर्गाकेशर खनालले जानकारी दिए। यस्तै, प्रदेश ७ को पहिलो बैठक पनि प्रदेश प्रमुख मोहनराज मल्लले माघ २१ गते नै बोलाएका छन्।

संविधानको धारा १८३ मा प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्ने व्यवस्था गरिएको छ । मंसिर १० र २१ गते भएको प्रदेशसभाको निर्वाचनको अन्तिम परिणाम माघ ३ गते घोषणा भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org