ताजा समाचार

देउवालाई योगेश भट्टराईको सल्लाह, ‘अब सन्यास लिएर किताब लेख्नुहोस्’

काठमाडौं, १७ माघ । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई गजबको सल्लाह दिएका छन् । मंगलबार नेपाल टेलिभिजनको ३३ औ स्थापना दिवसका अबसरमा एउटै कार्यक्रममा देउवा र भट्टराई उपस्थित भए ।

उक्त कार्यक्रममा नेता भट्टराईले प्रधानमन्त्री देउवालाई राजनीतिबाट सन्यास लिन सुझाव दिए । उक्त कुराको जानकारी स्वयंम भट्टराईले सामाजिक सञ्जालबाट गराएका छन् । प्रधानमन्त्रीसँग हार मिलाएर बसेको बेला नेता भट्टराईले छोटो कुराकानी र हाँसो ठट्टा गर्न भ्याए ।

भट्टराईले देउवालाई अर्को महिना प्रधानमन्त्री भएपछि फुर्सद हुने भयो, के गरेर समय बिताउनुहुन्छ भनेर सोध्दा देउवाले आराम गर्छु भनेर जवाफ दिए । त्यसपछि भट्टराईले उहाँलाई किताब लेख्ने सल्लाह दिए ।

देशदेखि विदेशसम्म, राजादेखि अरु पार्टीसँग, अनि आफ्नै पार्टीका अरु नेताहरुसँगको सम्बन्धबारेका अनुभव अरुका लागि पनि कामलाग्दा हुने भन्दै भट्टराईले यस्तो किताब धेरै बिक्ने र पैसा पनि आउने कुरा सुनाएपछि देउवा मख्ख भए । देउवाले यो प्रस्ताव मन पराएको र घरमा खाना खाने निम्तो सहित थप कुरा गर्ने जवाफ दिएको नेता भट्टराईले फेसबुकमार्फत जानकारी गराएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org