ताजा समाचार

कैदी सरुवा गरिदिने भन्दै ४० हजार नगद घुससहित राजविराजका जेलर पक्राउ

राजविराज, २३ माघ । कैदी सरुवा गरिदिने भन्दै घुस माग्ने जेलर पक्राउ परेका छन् । राजविराज कारागारका जेलर कृष्ण दाहाल ४० हजार नगद घुससहित पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुन्धान आयोग बर्दिबासको टोलीले राजविराज–१ स्थित मुरली चिया पसलबाट सेवाग्राहीसँग घुस लिईरहेको अवस्थामा रंगेहात पक्राउ गरेको हो ।

कैदी–बन्दीलाई जेल सरुवा गरिदिने आश्वासन दिएर दाहालले सो रकम लिँदै गर्दा पक्राउ गरिएको टोलीका एक अधिकृतले जानकारी दिए । जेलरलाई आयोगको केन्द्रिय कार्यालय काठमाडौं लगिने तयारी गरेको छ ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org