ताजा समाचार

नेविसंघ अध्यक्षको मृत्युपछि पोखराको बगरक्षेत्र तनावग्रस्त, ६ विद्यार्थी प्रहरी नियन्त्रणमा

पोखरा, २३ माघ । नेविसंघ अध्यक्षको मृत्युपछि पोखराको बगरक्षेत्र तनावग्रस्त बनेको छ । बगरस्थित पृथ्वीनारायण क्याम्पस क्षेत्र विहानैदेखि तनावग्रस्त बनेको हो । नेपाली काँग्रेसको विद्यार्थी संगठन नेबिसंघले आफ्ना कार्यकर्ता मृत्युको विषयलाई लिएर प्रदर्शन गरेपछि बगरक्षेत्र तनावग्रस्त बनेको हो।

संघका स्याङ्जा पृथ्वीनाराण क्याम्पस सम्पर्क समितिका सभापति बोधराज ढकाललाई सोमबार साँझ ग १ ख ६६७७ नम्बरको माइक्रो बसको ठक्कर दिँदा ज्यान गएको थियो । उनको मृत्युपछि मंगलबार बिहानैदेखि तनाव सिर्जना भएको हो । विद्यार्थी र प्रहरीबीच पटकपटक झडप भएको छ । झडपका क्रममा प्रहरीले कपिलदेव रानाभाटसहित ६ जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । प्रदर्शनमा व्यापक दमन गरिएको नेबिसंघले आरोप लगाएको छ।

प्रदर्शनका कारण अहिले पृथ्वीनारायण क्याम्पस वरपरको बगर क्षेत्र तनावग्रस्त छ। कोठामा जाँदै गर्दा माइक्रो बसले ठक्कर दिएका ढकालको मणिपाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । ठक्कर दिने गाडी प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको कास्की प्रहरीका प्रबक्ता खड्कबहादुर खत्रीले जानकारी दिए । विद्यार्थीहरुले गाडी चालकले जानीजानी किचेर मारेको आरोप लगाएका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org