ताजा समाचार

चुडामणि शर्माको घरमा विप्लव कार्यकर्ताद्धारा आक्रमण तथा तोडफोड

काठमाडौं, २३ माघ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले राजस्व अनुसन्धान विभागका निलम्बित महार्देशक चुडामणि शर्माको निजी आवासमा तोडफोड गरेका छन् । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले राजस्व अनुसन्धान विभागका निलम्बित महार्देशक चुडामणि शर्माको निजी आवासमा तोडफोड गरेका हुन् ।

बुढानिलकण्ठस्थित शर्माको निवासमा नेकपाका कार्यकर्ताले मंगलबार आक्रमण र तोडफोड गरेको प्रहरीले जनाएको छ । कर निर्धारणमा अनियमितता गरेको आरोपमा शर्मा राजस्व विभागको महानिर्देशक पदबाट निलम्बित भएका हुन्। शर्माविरुद्धको फरक फरक मुद्दा विशेष अदालतमा विचाराधिन छ।

यसअघि पनि गत असोज महिनामा उनको घरको गेटमा आगलागी गरिएको थियो । उनीहरुले घरको गेटमा शर्माको सम्पत्ति राष्ट्रियकरण गर्न माग गर्दै ब्यानरसमेत झुण्डाएका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org