ताजा समाचार

१० वर्ष सँगै लडेका माओवादीका ४ टुक्रा, फरक फरक स्थानबाट जनयुद्ध दिवस मनाउँदै

काठमाडौं, १ फागुन । १० वर्षसम्म संगै युद्ध लडेका माओवादीहरु यतिबेला टुक्रा टुक्रामा विभाजित छन् । कोही सत्ता तथा संसदीय व्यवस्थामा आईसकेका छन् भने कोही अझै युद्धको नै गुणगान गाईरहेका छन् । आजभन्दा २३ वर्षअघि आजकै दिन तत्कालीन नेकपा माओवादीले रोल्पा, सिन्धुली र गोरखाको प्रहरी चौकी आक्रमण गरी सशस्त्र युद्धको सुरुवात गरेका थिए । त्यसैको सम्झानामा विभिन्न टुक्रा टुक्रामा विभाजित माओवादीहरु आज फरक फरक ठाउँबाट जनयुद्ध दिवस मनाउँदै छन्।

तत्कालीन युद्धको मूल पार्टी नेकपा माओवादी अहिले चार टुक्रामा विभाजित भएको छ। संस्थापनको रुपमा तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्र मूलधारमा छ। यस्तै, मोहन बैद्य तथा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वमा दुई दल छन्। तत्कालीन द्वन्द्वका एक हिस्सा डा. बाबुराम भट्टराईले कम्युनिष्ट धारबाट अलग भर्इ नयाँ सैद्धान्तिक धरातलमा नयाँ शक्ति नेपाल पार्टी गठन गरेका छन्।

माओवादी केन्द्रले पार्टी कार्यालय पेरिसडाँडामा २३ औँ जनयुद्ध दिवसको कार्यक्रम आयोजना गरिएको छ। जहाँ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्वोधन गर्नेछन्। नेकपा (क्रान्तिकारी माओवादी) ले बृहत् अन्तक्रिया कार्यक्रम आयोजना गरेको छ । जहाँ पार्टीका शीर्ष नेता सहभागी हुने कार्यक्रम छ। क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले फरक रुपमा जनयुद्ध दिवस मनाउन लागेको छ ।

०५२ साल फागुन १ गतेबाट सशस्त्र युद्ध सुरुवात गरेको सम्झानामा माओवादीले जनयुद्ध दिवस मनाउँदै आएका छन्। दशकभन्दा लामो सशस्त्र युद्धका क्रममा करिव १६ हजारको ज्यान गएको थियो। २०६३ सालमा भएको बाह्र बुँदे विस्तृत शान्ति सम्झौतासँगै माओवादी सशस्त्र युद्ध सकिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org