ताजा समाचार

अब एमाले-माओवादी एक हुँदा सहअध्यक्ष ओली र प्रचण्ड हुने, यसरी हुँदैछ एकताको तयारी

काठमाडौं, १ फागनु । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको खाता तयार भईरहेको छ । सोमबार एमाले र माओवादी केन्द्रका अध्यक्षबीच भएको लामो भेटवार्तापछि एकीकृत पार्टीको नेतृत्व दुवै पार्टीका अध्यक्षले संयुक्त रुपमा गर्नेगरी एकताको खाका तयार भईरहेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको गोप्य वार्तामा दुवैले सहअध्यक्ष लिनेगरी पार्टी एकता गर्ने सहमति भएको हो । यो सहमतिलाई अन्तिम रुप दिन आज (मंगलबार) पनि ओली र प्रचण्डबीच छलफल हुँदैछ ।

सहमतिअनुसार ओली र प्रचण्ड दुवैले पार्टी बैठकको आलोपालो अध्यक्षता गर्नेछन् । यस्तै एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने सहमति भएको छ । सरकारको नेतृत्व आलोपालो गर्ने कि ओलीले मात्र ५ वर्ष चलाउने भन्नेबारे कुरा मिल्न बाँकी रहेको नेताहरुको भनाई छ । मंगलबार बस्ने ओली र प्रचण्डको छलफलले सबै विषयमा सहमति जुटाउनेछ ।

नयाँ सरकार गठनअघि नै एकताको खाका टुंग्याउने दुई दलको तयारी छ । आउँदो हप्ताभित्र नयाँ सरकार गठन भैसक्ने भएकाले एक दुई दिनमै पार्टी एकताको खाका तयार हुने दुवै दलका नेताहरुले बताएका छन् ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org