ताजा समाचार

शिवरात्रिमा लागूपदार्थ गाँजा सेवन गर्ने जोगीसहित ४१ पक्राउ

काठमाडौं, १ फागुन । महाशिवरात्रिमा प्रतिवन्धित लागूपदार्थ सेवन गर्ने ४१ जना पक्राउ परेका छन् । प्रतिवन्धित लागूपदार्थ गाँजा सेवन गरी होहल्ला गर्ने तथा विक्री वितरण गर्ने २ जना जोगी बाबासहित ४१ जना पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ३९ जना गाँजा सेवन गर्ने युवक र २ जना जोगी बाबालाई नियन्त्रणमा लिएको हो । पशुपति क्षेत्रमा भीड हुने भएकाले सम्भावित चोरी, लुट्पाट लगायतका गतिविधि नियन्त्रण गर्न चार हजार तीन सय प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीले जानकारी दिए ।

भीडमा महिलाको गहना तथा पैसा लुट्ने गिरोहको पहिचान तथा नियन्त्रणका लागि सादा पोसाकका १५० महिला प्रहरी समेत परिचान गरिएको छ। परिसरले पशुपति क्षेत्रमा सुरक्षा व्यवस्थापन गर्ने एसपीको कमाण्डमा पोस्ट र १२ स्थानमा सहायक कमाण्ड पोस्ट समेत खडा गरेको जोशीले बताए। नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयंमसेवकको सहयोगमा बढीमा २ घन्टाभित्र दर्शन गरिसक्ने व्यवस्था मिलाएको छ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org