ताजा समाचार

बाघको आक्रमणबाट बालकको मृत्यु, टाउको र दुवै तिघ्रा नभएको अवस्थामा शव फेला

भक्तपुर, १ फागुन । भक्तपुरमा बाघको आक्रमणबाट एक बालकको ज्यान गएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–७, गुण्डू पानी ट्याङ्कीमा बाघको आक्रमणबाट एक बालकको ज्यान गएको हो ।

सोमबार साँझ पसल गएर फकिर्ने क्रममा गुण्डू खहरे बस्ने सुनिल तामाङका ६ वर्षीय छोरा सिरिश तामाङलाई बाघले आक्रमण गरी घिसारेर जङ्गलमा लगेर खाएको प्रहरीले जानकारी दिएको छ ।

पसल गएका बालक बेपत्ता भएपछि खोजी गर्दा स्थानीयबासिन्दा, प्रहरी, नेपाली सेनाको टोलीले राति साँढे १० बजे बालकुमारी सामूदायिक वनमा बालकको शव फेला पारेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता कृष्ण प्रसाइले जानकारी दिए ।

टाउको छिनेको र दुवै तिघ्रा नभएको अवस्थामा जङ्गलमा बालको शव फेला परेको प्रहरीले जनाएको छ । बाघले बालक खाएको घटनापछि साँझ बिहानको समयमा स्थानीय त्रसित बनेका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org