ताजा समाचार

राजा र हिन्दुत्वको रक्षा गर्न नसकेको भन्दै नेतृत्व छाड्न कमल थापालाई पूर्वराजाको सुझाव

काठमाडौं, १ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई नेतृत्व छाड्न सुझाव दिएको खुलाशा भएको छ । उपप्रधानमन्त्री समेत रहेका थापालाई ज्ञानेन्द्रले नेतृत्व छाड्न सुझाव दिएको खुलाशा भएको हो । थापाले पटक पटक पूर्वराजालाई भेट्न खोजे पनि काठमाडौंमा भेट पाएका थिएनन् ।

त्यसपछि उनी पूर्वराजा मध्य र सुदूरपश्चिमको भ्रमणमा रहेका बेलामा राप्रपा नेता एवं नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणामार्फत भेट गर्न सफल भए । पुसको तेस्रो साता भएको भेटमा पूर्वराजाले कमल थापालाई पार्टीको नेतृत्व छाडेर संगठनमा लाग्न सल्लाह दिएको उच्च स्रोतले जनाएको छ । धवलशमशेरले पटक पटक आग्रह गरी कमल थापासंग पूर्वराजाले भेट गरेका थिए ।

कमल थापाका कारण राप्रपाले पराजय बेहोरेको र मुद्दा पनि अलमलमा परेको भन्दै पूर्वराजाले कमल थापालाई नेतृत्व छाड्न सुझाव दिएको बताईएको छ । अहिले बुद्धिमान तामाङलाई कार्यबाहक दिएर कार्यकर्ता संगठित गरी चुनावी महाधिवेशन गर्न पनि सुझाव दिइएको जनाईएको छ । राप्रपाभित्र नयाँ सरकार गठनपछि नेतृत्व परिवर्तनको खेल सुरु हुनसक्ने बताइएको छ ।

नेपालमा झण्डै एक लाख २० हजार कट्टर राजाबादी छन् । उनीहरु हिन्दूबादी पनि हुन् । तसर्थ अहिले एक लाख २० हजारलाई एक ढिक्का गर्न सक्ने हो भने यो क्रम हरेक वर्ष दोब्बर भएर जानेछ । कमल थापाले राजतन्त्रको मुद्दा पनि छाड्दै गएको र हिन्दूधर्मप्रति पनि कटिबद्ध हुन नसकेपछि यस्तो सुझाव दिएको बताइन्छ । राजावादीहरु र हिन्दूबादीहरु यो कोर कार्यकर्तालाई गुमाउन नचाहने भएकाले कमल थापालाई ब्याक गराएर भए पनि पार्टी सशक्त बनाउने अभियानमा पूर्वराजाले सल्लाह दिएको उच्च स्रोतको दावी छ ।

कमल थापाले छाडेका खण्डमा पशुपति शमशेर राणा पनि राप्रपामा मिल्नका लागि तयार रहेको स्रोतको दावी छ । कमल थापाले चिँढाएको भन्दै कशेरबहादुर बिष्ट, डा. प्रकाशचन्द्र लोहनीपछि पशुपतिशमशेरले पार्टी छाडेर अर्को पार्टी गठन गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org