ताजा समाचार

सावधान ! कतै सारी, कुर्ता र टन्न गहना लगाएकी महिलालाई लुट्ने योजना त छैन् 

काठमाडौं, १ फागुन । कतै तपाईले टन्न गहना लगाएकी महिलालाई लुट्ने योजना त बनाउनुभएको छ । ख्याल गर्नुहोस् त्यो महिला प्रहरी हुनसक्छ । प्रहरीले लुटेर पक्राउ गर्न यस्तो योजना बनाएको छ । महिलाले लगाएका गहना लुट्न जाने लुटेरालाई लक्षित गरेर यो बर्ष शिवरात्रीमा प्रहरीले नयाँ सुत्र अपनाएको हो । दर्शनार्थीको भीडको मौका पारेर लुटेरा समूहले गहना लुटपाट गर्न सक्ने भन्दै प्रहरीले सादा पोसाकमा महिला प्रहरी खटाएको हो ।

ति प्रहरी दर्शनार्थीकै भेषमा खटिएका छन् । सारी, कुर्ता र नक्कली गहनाले सजिएर लुटेराको निगरानी गर्ने योजनासहित डेढ सय महिला प्रहरी खटिएका छन् । महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रामदत्त जोशीका अनुसार, विगतका बर्षमा लुटेराले दुख दिएपछि यो बर्ष नयाँ सुत्र परिचालन गरिएको हो ।

शिवजीको दर्शन गर्न पुगेका दर्शनार्थीको भीडको फाइदा उठाउँदै लुटेराले गहना लुट्ने गरेका छन् । भीडमा पीडितले लुटेरा पहिचान गर्न नसकेपछि लुटेरा उम्कने गरेका छन् । लुटपाट कम गर्न महिला प्रहरी दर्शनार्थीकै भेषमा नक्कली गहना लगाएर खटिदा लुट्न खोजेलाई समात्न सजिलो हुन्छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org