ताजा समाचार

प्रदेश २ को मुख्यमन्त्रीमा लालबाबु राउत नियुक्त, सपथ तथा पदभार भोलि

जनकपुरधाम, २ फागुन । प्रदेश २ को मुख्यमन्त्रीमा लालबाबु राउत नियुक्त भएका छन् । प्रदेश प्रमुख रत्नेश्वर लाल कायश्थले बुधबार संघीय समाजवादी फोरम प्रदेशसभा संसदीय दलका नेता समेत रहेका प्रदेश सांसद् राउतलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । राजपाको समर्थनमा राउतले मंगलबार मात्र मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गरेका थिए ।

१०७ सदस्यीय प्रदेशसभामा फोरमका २९ र राजपाका २५ गरी ५४ सांसद छन् । मुख्यमन्त्रीको सपथ भोलि हुनेछ । सपथ ग्रहण समारोहमा फोरम र राजपा शीर्ष नेताहरु समेत सहभागी हुने तय भएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org