ताजा समाचार

दरबारमार्गमा प्रहरीका असईले रक्सी खाएर ‘बबण्डर’ मच्चाए, पेस्तोल देखाउँदा गिरफ्तार

काठमाडौं, २ फागुन । मादक पदार्थ सेवन गरी पेस्तोल देखाउँदै बबण्डर मच्चाउने एक प्रहरी असई पक्राउ परेका छन् । दरबारमार्गमा रहेको नाइट क्लब आई क्लव आई क्लवमा पेस्तोल देखाएर बबण्डर मच्चाउने नेपाल प्रहरीका नायव निरीक्षक राजकुमार श्रेष्ठ पक्राउ परेका हुन् । रक्सीले झ्याप भएको अवस्थामा उनी पक्राउ परेका हुन् ।

बुधबार राति २ बजेतिर सादा पोशाकमा हतियारसहित क्लब छिरेका जनसेवा वृतको सिआरभीमा कार्यरत श्रेष्ठले क्लब सञ्चालकसँग विवाद गरेको र बबण्डर मच्चाएको आरोप छ ।पेस्तोलसहित अन्य २ जना साथी लिएर क्लव पुगेका सई श्रेष्ठले सञ्चालक र ग्राहकहरूसँग अभद्र ब्यवहार गरेको प्रहरीले जनाएको छ ।

विवाद गर्दै गरेका सई श्रेष्ठलाई तत्काल पुगेको दरबारमार्ग प्रहरीले नियन्त्रणमा लिएको थियो । सई श्रेष्ठलाई विभागीय कारबाही हुने प्रहरीले जनाएको छ । केही दिन अगाडि दरबारमार्गको एक होटेलमा युवतीलाई तीनजना युवकले सामूहिक बलात्कार गरेका थिए । सोही काण्डमा फसेका प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरी निलम्बनमा परेका थिए । सो घटना सेलाउन नपाउँदै प्रहरीका अर्का सई पक्राउ परेका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org