ताजा समाचार

माओवादी केन्द्रको बैठकमा प्रचण्डले ‘ब्रिफिङ’ गर्दा नेताहरु खुशीले गदगद

काठमाडौं, २ फागुन । माओवादी केन्द्रले एमालेसँग पार्टी एकता टुङ्ग्याउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अख्तियारी दिएको छ । एकता संयोजन समितिको बैठकअघि बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले पार्टी एकता टुङ्ग्याउने जिम्मेवारी अध्यक्ष ‘प्रचण्ड’ लाई दिएको हो । आजको बैठक आकस्मिक रुपमा राखिएको थियो। बैठक खुमलटारस्थित अध्यक्ष प्रचण्डको निवास भएको हो।

यता एमाले स्थायी कमिटी बैठकले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । आकस्मिक रुपमा बसेको बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो । माओवादी हेडक्वाटर बैठकमा अध्यक्ष ‘प्रचण्ड’ ले एमाले अध्यक्ष ओलीसँग भएको मौखिक सहमतिको ब्रिफिङ गरेका थिए ।

बैठकमा प्रचण्डले एमालेसँग द्विअध्यक्षात्मक प्रणाली र आलोपालो सरकारको नेतृत्व गर्नेगरी सहमति भएको ब्रिफिङ गरेका थिए। बैठकमा सहभागी अन्य नेताले त्यसलाई लिखित रुपमै टुंगो लगाउन अध्यक्षलाई जिम्मा दिएका हुन् । ‘सहमतिबारे लिखित रुपमै स्पष्ट भएर जानुपर्छ’, एक नेताले भने, ‘पछि किचलो आउनु राम्रो हुँदैन।’ आजै बिहान भएको दुई पार्टीका अध्यक्षबीचको छलफलपछि दुवै पार्टीको छुट्टाछुट्टै बैठक बसेको हो।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org