ताजा समाचार

प्रदेश २ का सभामुख यादवले पनि लिए हिन्दीमा सपथ

जनकपुरधाम, २ फागुन । प्रदेशसभा २ का सभामुख सरोजकुमार यादवले पद तथा गोपनियताको सपथ लिएका छन् । बुधबार प्रदेशप्रमुखको कार्यालयमा आयोजित सपथ समारोहमा प्रदेश २ का प्रदेशप्रमुख रत्नेश्वरलाल कायस्थले उनलाई सपथ गराएका हुन् ।

यादवले हिन्दी भाषामा सपथ लिएका छन् । प्रदेश सांसदहरुले मैथिली र भोजपुरीलाई छाडेर हिन्दी भाषामा सपथ लिएकोमा विरोध भइरहेका बेला सभामुख यादवले पनि हिन्दी भाषामा सपथ लिएका हुन् ।

सपथ समारोहमा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लगायतको सहभागीता रहेको थियो । प्रदेश सांसद्हरुले आफ्नो मौलिक भाषा मैथली, भोजपुरी लगायतका भाषामा सपथ नखाएर हिन्दीमा खाएको भन्दै प्रदेश २ मा विरोध भईरहेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org