ताजा समाचार

केपी ओली मुलुकको ४१ औं प्रधानमन्त्रीमा नियुक्त, सपथग्रहण ४ बजे

काठमाडौं, ३ फागुन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले र माओवादीले बिहीबार नै राष्ट्रपति समक्ष समर्थनको पत्र बुझाएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिएसँगै ओलीको प्रधानमन्त्री बन्न्ने बाटो खुलेको हो । देउवाले राष्ट्रका नाममा सम्बोधन गर्दै आजै पदबाट राजीनामा दिएका थिए । ओली प्रधानमन्त्री नियुक्त भएलगत्तै आजै ४ बजे शीतल निवासमा सपथग्रहण हुनेछ । बिहीबार नै सानो आकारको मन्त्रिपरिषद पनि गठन गर्ने सम्भावना रहेको एमालेका एक पदाधिकारीले बताए । एमाले र माओवादीबाट एक-एकजना नेता पहिलो चरणमा मन्त्री हुने सम्भावना छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org