को हुन् मुलुकको ४१ औं प्रधानमन्त्रीमा नियुक्त भएका केपी ओली ? यस्तो जीवनी
काठमाडौं, ३ फागुन । नेकपा एमाले अध्यक्ष खड्गप्रसाद ओली बिहीबार मुलुकको ४१ औं प्रधानमन्त्रीमा नियुक्त भएका छन् । झापा विद्रोह हुँदै वामपन्थी राजनीतिमा चार दशकदेखि सक्रिय रहेका खड्ग ओली (केपी ओली) बिहीबार दोस्रो पटक प्रधानमन्त्री बन्न सफल भएका हुन् । गएको मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पहिलो दल नेकपा (एमाले) का अध्यक्ष ओली वाम गठबन्धनको तर्फबाट प्रधानमन्त्री बनेका हुन् ।
२००८ सालमा तेह्रथुमको तत्कालिन इवा गाविस २ तीनसल्लेमा जन्मेका ओलीले तेह्रथुम इवाकै प्रणामी उच्च माध्यमिक विद्यालय (तत्कालीन प्रणामी प्रावि) बाट पढाइ सुरु गरेका थिए । बुबा नाम मोहनप्रसाद ओली र आमा मधुको कोखबाट जन्मिएका ओली २०२३ सालदेखि राजनीतिमा प्रवेश गरेका थिए । उनी २०२७ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएर त्यही वर्षदेखि भूमिगत भए । पञ्चायती शासन बिरोधी आन्दोलनमा लाग्ने क्रममा उनी २०२७ सालमा पक्राउ परे । उनी १४ वर्षसम्म निरन्तर जेलमा रहे ।
झापा सुरुङ्गाको कन्काइ नदी किनारमा बसोबास गर्ने उनको परिवार निकै विपन्न थियो। केपी ओलीले डेढवर्षकै उमेरमा मातृवियोग सहनुपरेको थियो। त्यतिबेला ओलीको परिवार सुकुम्बासीसमेत भएको थियो। कन्काइमा आएको बाढीले घर जग्गा सबै बगाउँदा उनको परिवार सुकुम्बासी भएको थियो।
सानैमा आमाको माया गुमाएका ओलीले बाल्यकाल निकै कष्ट सहेर बिताएका थिए। केपीलाई हजुरबा र हजुरआमाले हुर्काएका हुन्। अधययनकै क्रममा झापा आन्दोलनका सहिद रामनाथ दाहालसँग भेट भएपछि ओली राजनीतितर्फ तानिन थालेका थिए।
२०७२ सालमा प्रधानमन्त्री हुँदा भारतले गरेको नाकावन्दीको कडा सामाना गरेका ओली राष्ट्रवादी नेताका रुपमा पनि परिरिचत छन् । ओली २०४८, २०५१ र २०५६ का आम निर्वाचनमा झापा जिल्ला क्षेत्र नं ६ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए। पहिलो संविधान सभा निर्वाचन २०६४ मा भने उनी झापाको क्षेत्र नं ७ बाट पराजित भए।
विसं २०४९ सालमा नेकपा (एमाले) को स्थायी कमिटी सदस्य भएका उनी २०७१ असारमा पार्टीको अध्यक्ष निर्वाचित भएका हुन् । दोश्रो संविधानसभा निर्वाचन २०७० मा उनी झापा क्षेत्र नं ७ बाट नेकपा एमालेको तर्फबाट निर्वाचित भएका छन्। हाल उनी नेकपा (एमाले) को संसदीय दलका नेता पनि हुन् ।
ओली गएको मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट ५७ हजार १ सय ३९ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । नयाँ संविधान निर्माणमा निर्णायक भूमिका निर्वाह गरेका ओली यसअघि २०७२ मा पहिलोपटक प्रधानमन्त्री भएका थिए । अहिले देशको ४१ औँ प्रधानमन्त्री बनेका ओली आठौँ वामपन्थी प्रधानमन्त्री पनि भएका छन् ।
उनी भाषण गर्दा उखान-टुक्कालाई प्रयोग गरेर हाँस्यरसलाई मिसाउन खप्पिस छन् । ओली हाल अनन्तलिङ्गेश्वर नगरपालिका–२, बालकोट, भक्तपुरका स्थायी वासिन्दा हुन्। भारतीय नाकाबन्दी अन्त्य भएपछि अस्थिरता अन्त्य हुने अपेक्षा गरिएकोमा ओलीको सरकारले भने निरन्तरता पाउन सकेन।
९ महिना चलेको ओली सरकार सत्ता सहयात्री माओवादीको असहयोगका कारण २०७३ साउनको सुरुवातमै ढल्न पुग्यो। आफूविरुद्ध महाअभियोग प्रस्ताव संसदमा दर्ता गराइएपछि ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। प्रधानमन्त्री हुनुअघि ओली उपप्रधानमन्त्री, गृहमन्त्री र परराष्ट्रमन्त्री भइसकेका छन्।
Comments
अरु समाचार
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...