ताजा समाचार

मन्त्रीपरिषद् बैठक : राष्ट्रियसभा सदस्याका लागि तीनजनाको नाम सिफारिस

काठमाडौं । सरकारले राष्ट्रियसभा सदस्याका लागि तीनजनाको नाम सिफारिस गरेको छ । केपी शर्मा ओली सरकारले यसअघिका प्रधानमन्त्री शेरबहादुर देउवाले जाँदाजाँदै गरेको निर्णय उल्ट्याउँदै राष्ट्रियसभा सदस्यका लागि नयाँ तीनजनाको नाम सिफारिस गरेको हो ।

मंगलबार बिहान बसेको मन्त्री परिषद बैठकले राष्ट्रियसभा सदस्याका लागि रामनाथ बिडारी, युवराज खतिवडा र विमला पौडेल राईको नाम सिफारिस गरेको हो ।

यसअघि देउवा सरकारले चाँदनी जोशी, गोपाल बस्नेत र कृष्णप्रसाद पौडेलको नाम सिफारिस गरेको थियो । तर ओली सरकारले उल्ट्याउँदै नयाँ नाम सिफारिस गरेको हो ।

संविधान अनुसार ५९ सदस्यीय राष्ट्रियसभामा ५६ जना निर्वाचनबाट चुनिएका छन् । तीनजना भने प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रिपतिले अनुमोदन गर्ने व्यवस्था रहेको छ । त्यही व्यवस्था अनुसार प्रधानमन्त्री ओलीले तीनजनाको नाम सिफारिस गरेका हुन् ।

यसैगरी  राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्यमा तीनजनालाई मनोनित गरेकी छन् । राष्ट्रपति भण्डारीले सरकारले सिफारिस गरेका तीनैजनालाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी हुन् । संविधान अनुसार ५९ सदस्यीय राष्ट्रियसभामा ५६ जना निर्वाचनबाट चुनिएका छन् । तीनजना भने प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रिपतिले अनुमोदन गर्ने व्यवस्था रहेको छ । राष्ट्रपति भण्डारीले तीनजनालाई संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम राष्ट्रियसभा सदस्यमा मनोनित गरेको राष्ट्रपति कार्यालय शीतल निवासले जनाएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org