ताजा समाचार

डा.केसीले गल्ती स्वीकारे

काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकतामाथि प्रश्न गरेका वरिष्ठ चिकित्सक तथा सामाजिक अभियन्ता गोविन्द केसीले आफ्नो जन्म मितिबारे सार्वजनिक गरेका छन् ।

डा. केसीको नागरिकता, एसएलसीको चारित्रिक प्रमाणपत्र र बढुवा फारममा फरक–फरक जन्म मिति भेटिएको खबर सार्वजनिक भएपछि उनले जन्म मितिबारे मुख खोलेका हुन् । डा.केसीले मानवीय त्रुटिका कारण गल्ती भएकाले फरक–फरक जन्म मिति हुन गएको स्पष्ट पारेका छन् ।

केसीले फरक–फरक प्रयोजनका लागि फरक–फरक जन्म मिति पर्नुलाई मानवीय त्रुटि भनेका छन् । उनले त्यो गल्ती स्वीकारेका छन् । त्यति मात्रै होइन, उनले अब त्यो त्रुटि सम्बन्धित निकायमा गएर सच्याउने प्रतिवद्धता व्यक्त समेत गरेका छन् । वुधबार पत्रकार सम्मेल गरेर केसीले आफ्नो जन्ममितिबारे लामो फेहरिस्त सार्वजनिक गरे । केसीले सार्वजनिक गरेको वक्तव्य अनुसार, उनको नागरिकतामा डा। केसीको जन्ममिति २७ असोज २०१३ छ भने एसएलसीको चारित्रिक प्रमाणपत्रमा २४ माघ २०१३ रहेको छ । यस्तै, उपप्राध्यापक रहँदा सहप्राध्यापकमा बढुवा हुनका लागि भरेको आवेदन फारममा जन्ममिति २७ मंसिर २०१३ उल्लेख छ ।

उनले भनेका छन्, ‘जहाँसम्म मैले बढुवाका लागि भरेको आवेदनहरुमा पर्न गएको फरक जन्ममितिको कुरा छ, तिनमा मानवीय त्रुटी भएको म स्वीकार गर्छु ।’ डा। केसीले आफ्नो जन्ममिति मात्रै फरक परेको तर, प्रधानन्यायाधीश गोपाल पराजुलीले धेरै नागरिकता लिएको र मिति सच्याएको भनि प्रश्न उठाउँदै आएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org