यि हुन् ओली सरकारमा भाग लिने मन्त्रीहरु
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रिमण्डल विस्तार गर्ने भएका छन्। एमालेका थप ७ र माओवादीका ७ मन्त्रीसहित ओलीले मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन्।
त्यसका लागि आज दुई दलले मन्त्रालयको भागबन्डा र मन्त्रीको नाम टुंग्याएका छन्। माओवादीका एक नेताका अनुसार माओवादीले गृहसहित ७ मन्त्रालय पाएको छ। माओवादीका भागमा गृह, जलस्रोत तथा उर्जा, श्रम रोजगार महिला तथा सामाजिक सुरक्षा, कृषि तथा सहकारी, उद्योग वाणिज्य र आपूर्ति, सहरी विकास र वन तथा वातावरण मन्त्रालय परेका छन्।
ती मन्त्रालयमा माओवादीले रामबहादुर थापा ‘बादल’ नेतृत्वमा सात मन्त्री पठाउने भएको छ। थापासहित वर्षमान पुन, शक्तिबहादुर बस्नेत, मातृका यादव, गिरिराजमणि पोखरेल र बीना मगर मन्त्री बन्ने टुगो भएको छ। थप एक जनाको नाम भोलि बिहान टुंगो लाग्ने ती नेताले बताए।
अर्थ, परराष्ट्र, रक्षा, भौतिक पूर्वाधारलगायत बाँकी सात मन्त्रालयमा एमालेले पनि भोलि नै मन्त्री पठाउने छ।प्रधानमन्त्री केपी शर्मा ओली निकट स्रोतका अनुसार ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, योगेश भट्टराई र रवीन्द्र अधिकारी भोलि सोमबारमन्त्री बन्ने भएका छन्।
त्यस्तै रघुवीर महासेठ, हृदयश त्रिपाठी र नारदमुनि रानाको नाम पनि मन्त्रीका लागि टुंगो लागेको छ।
त्रिपाठीले गत चुनावमा सूर्य चिह्न लिएर चुनाव लडेका थिए भने रानाले कांग्रेस सभापति शेरबहादुर देउवा पत्नीसमेत रहेकी नेतृ आरजू देउवा राणालाई कैलाली ५ मा हराएका थिए।
नयाँ मन्त्रीको सपथका लागि सोमबार दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा समय मागिएको स्रोतले बतायो।
यसअघि एमालेबाट लालबाबु पण्डित र थममाया थापा मन्त्री भइसकेका छन्।
शुक्रबार बसको एमाले स्थायी समिति बैठकले मन्त्री छान्ने जिम्मा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई दिएको थियो।
दुबै पार्टीका मन्त्रीहरूको मन्त्रालयको भने टुंगो लागि सकेको छैन।
मन्त्रालयको भागबन्डा टुंगिए पनि माओवादी केन्द्रका नेताहरू गृहबाहेक सबै महत्वपूर्ण मन्त्रालय एमालेको भागमा परेको भन्दै असन्तुष्टि जनाएका छन्। यस विषयमा भोलि एमालेसँग बसेर छलफल गर्ने तयारी रहेको माओवादीका ती नेताले न्युजनेपालाई जानकारी दिए।
Comments
अरु समाचार
-
प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन
काठमाडाैँ । नेपाल महासङ्घको २७औँ अधिवेशन सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अधिवेशनको उद्घाटन गरेका छन् । अधिवेशनमा...
-
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैनः मन्त्री शर्मा
काठामाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण नहुने बताएकी छन् । विश्व प्रेस...
-
जिम्मेवार र जवाफदेही संचारक्षेत्र आजको आवश्यकताः महासचिव पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले अन्तराष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
सामाजिक सञ्जालमा सर्वाधिक रुचाइएका भेलुबाजेको निधन
बुटवल । सामाजिक सञ्जाल टिकटकमा सर्वाधिक रुचाइएका प्यूठानका मिन बहादुर बुढामगर (भेलुबाजे)को निधन भएको छ। बिहीबार उपचारका क्रममा जिल्ला अस्पताल...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...
-
एमाले जुम्लाको अध्यक्षमा महत
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित हुनुभएको छ । महत एक सय ९४ मतसहित विजयी...