ताजा समाचार

डा. युवराज खतिवडा अर्थमन्त्री हुने, ईश्वर पोखरेलले पनि सपथग्रहण गर्ने

काठमाडौं, १४ फागुन । नेकपा एमालेले आज दुई मन्त्रीको मात्र सपथग्रहण गर्ने भएको छ । सपथग्रहण गर्नेमा, महासचिव ईश्वर पोखरेल र डा. युवराज खतिवडा रहेका छन् ।

खतिवडा अर्थमन्त्री बन्ने निश्चित भएको छ । तर, महासचिव पोखरेलको मन्त्रालय टुंगो नलागेको स्रोतले जनाएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित भएका खतिवडाको सांसद पदको सपथग्रहणमा भने सर्वोच्च अदालतले रोक लगाएको छ । मुद्दाको अन्तिम टुंगो नलागेसम्म खतिवडा सांसदको हैसियतमा रहने छैनन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org