ताजा समाचार

सिहंदरबारभित्र हेल्थ डेस्क राखियो

काठमाडौं,१५ फागुन । सिंहदरबारमा रहेका कर्मचारीलाका लागि स्वास्थ्य मन्त्रालयले सोमबारदेखि सिंहदरबारभित्र हेल्थ डेस्क खोलेको छ ।

हेल्थ डेस्कको उद्घाटन मुख्यसचिव लोकदर्शन रेग्मीले गरेका छन् भने, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यालयले हेल्थ डेस्कका लागि तीनवटा कोठामा उपलब्ध गराएको छ ।

सिंहदरबारमा कार्यरत कर्मचारी र सेवाग्राहीका लागि उपचार केन्द्र आवश्यक रहेको मुख्य सचिव रेग्मीले बताए ।
उनले भने, ‘सरकारको केन्द्रीय सचिवालयसमेत रहेको सिंहदरबारमा ठूला संख्यामा जनशक्ति कार्यरत छन् । यहाँ सेवाग्राहीको आवगमन पनि धेरै हुने गरेको छ । यस्तो महत्वपूर्ण ठाउँमा मानिसहरुलाई जुनसकै बेला पनि स्वास्थ्य सम्बन्धि समस्या आइपर्न सक्छ, त्यसैले हेल्थ डेस्क सञ्चालन गरेका हौं ।’

हेल्थ डेस्कले प्राथमिक स्वास्थ्य उपचार र औषधी सेवा दिनेछ । हेल्थ डेस्कमा आवश्यक जनशक्ति वीर अस्पतालबाट आउनेछन् । पूर्वाधारको व्यवस्था स्वास्थ्य सेवा विभागले गरेको छ ।

तत्काल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपलब्ध गराएको ठाउँमा हेल्थ डेस्क सञ्चालन गरे पनि केही समयपछि सुविधा सम्पन्न फ्ल्याटमा सर्ने उनले बताए ।सिंहदरबारमा कार्यरत करिब छ हजार कर्मचारी स्वास्थ्य परीक्षणको नाममा कार्यालयबाट बाहिरिने क्रम बढेपछि सरकारले बाध्य भएर उक्त डेस्कको स्थापना गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको स्रोतले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org