ताजा समाचार

प्रदेश २ का गृहमन्त्री बने  ज्ञानेन्द्र, फोरमबाट दुई मन्त्री र तीन राज्यमन्त्री थपिने

जनकपुर,१६ फागुन ।  प्रदेश २ मा सरकार विस्तार गर्दै फोरमले दुई मन्त्री र तीन राज्यमन्त्री थप्ने भएको छ । तर, राजपाले भने अझै नाम दिएको छैन । फोरमले ज्ञानेन्द्रकुमार यादवलाई गृह (आन्तरिक मामिला तथा कानुन)मन्त्रीमा पठाएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा शैलेन्द्र साहलाई पठाइएको छ । शैलेन्द्र सप्तरी २ ‘क’बाट निर्वाचित साह मुख्यमन्त्रीको दावेदार थिए तर मन्त्रीमा चित्त बुझाए । तीन राज्यमन्त्रीमा फोरमले उशा यादव अर्थ, सरोज सिंह  गृह र योगेन्द्र राय  भूमिव्यवस्था राज्यमन्त्री राख्नेछ । सत्ता साझेदार दल राजपाबाट जितेन्द्र सोनल भौतिक पूर्वाधार विकासमन्त्री बनेका छन् । तर, समाजिक विकास र उद्योगमन्त्री तथा राज्यमन्त्री पठाएको छ ।

मन्त्रीहरुको सपथ आज विहान १० बजे राखिएको थियो । तर, राजपाले नाम दिन ढिलो गरेका कारण १ बजेलाई सारिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org