ताजा समाचार

कान्तिपुरको बयान भोलि हुने

 

 

काठमाडौं ,२१ फागुन । कान्तिपुरविरुद्धको मुद्दाको सुनुवाइ सोमबार तोकिएको भएपनि सर्वोच्चले सोमबारका सबै मुद्दाको इजलास स्थगित गरेको छ । सर्वोच्चका पूर्वन्यायाशीध रामनगिना सिंहको शोकमा सर्वोच्च अदालतले सोमबारका लागि तोकिएका सबै मुद्दाको इजलास स्थगित गरेको हो । सिंहको हिजो निधन भएको थियो। आज तोकिएका इजलासको सुनुवाइ भोलि हुनेछ ।

प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममिति र प्रमाणपत्र विवादबारे समाचार लेखेर अदालतको अवहेलना गरेको भन्दै कान्तिपुरविरुद्ध अवहेलना मुद्दा परेको थियो ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org